मन्टेश्वरी शिक्षकलाई टिप्स

हिजोआज सहरबजारमा बालबच्चालाई मन्टेश्वरी कक्षामा भर्ना गर्ने चलन फेसन जस्तै भएको छ । सहरका अधिकांश व्यस्त बाबुआमालाई छोराछोरी अल्मल्याउन मन्टेश्वरी उत्तम विकल्प बनेको छ । यसकारण टोलटोलमा मन्टेश्वरी स्कुल बाक्लै खुलिरहेका छन्। काम खोजिरहेका, पढाउन इच्छुक, शैक्षिक योग्यता कम भएका, जाँगरिला युवती र महिलाका लागि मन्टेश्वरीमा जागिर पाउने सम्भावना धेरै हुन्छ ।

कतिपय संस्थाहरूले मन्टेश्वरी शिक्षकको लागि तालिम पनि दिइरहेका छन्। कतिपय महिला शिक्षकले आफ्ना नानीबाबु भर्ना गरेर त्यहीँ काम गर्न समेत पाएका छन्। बच्चाको मन जित्न सके शिक्षक तिनका आमाबाबुभन्दा प्यारो हुन्छ। व्यापक क्षेत्र ओगटेको मन्टेश्वरी शिक्षकले बच्चाहरूको मन जित्न के गर्ने, पढौं केही टिप्स ।

प्रशंसा गर्न नभुल्नुहोस

बच्चाहरूको सधैं प्रशंसा गर्नुहोस्। यसले उनीहरूमा नयाँ कुरा सिक्न, जिज्ञासु बन्न प्रेरणा मिलिरहन्छ । प्रश्न गर्ने बानीमा हौसला मिल्छ ।

गाली र आलोचना नगर्नुहोस

बच्चाहरूका व्यवहारप्रति अति आलोचना र गालीगलौज नगर्नुहोस्। यसले उनीहरूको मानसिक विकासमा नकारात्मक असर पर्छ ।

पक्षपात नगनुहोस

बालबच्चाहरूले पक्षपातपूर्ण व्यवहार थाहा पाइहाल्छन्। त्यसैले नानीबाबुसँगको हरेक व्यवहार र बोलीचालीमा होस पु¥याउनु पर्नेहुन्छ। उनका साथीहरूभन्दा पक्षपात गरेको थाहा पाए भने चित्त दुखाउँछन् ।

सजायको बारेमा नसोच्नुहोस

बच्चाहरूलाई कुनै पनि किसिमको सजाय राम्रो हुँदै होइन। एकातिर उनीहरू शारीरिक र मानसिक रूपले यसका लागि तयार हुँदैनन् भने अर्का्तिर यसका लागि अन्य विकल्प पनि प्रशस्तै हुन्छन् ।

घरायसी वातावरण तयार गर्नुहोस

नानीबाबुहरू घरको जस्तै वातावरण भएन भने घरबाहिर कहाँ अल्मलिन्छन् र ? उनीहरू भुल्याएर राख्नका लागि पनि घरायशी वातावरण तयार पार्नैपर्छ। शिक्षकले आमाको भूमिका निर्वाह गर्न सके मात्र नानीबाबुले सिक्न सक्छन् ।

आदर गर्नुहोस

हरसमय बच्चाहरूलाई माया र आदर गर्नुहोस्। यसले उनीहरूलाई तपाईं र उनका साथीहरूलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउँछ ।

आफ्ना कुरा राख्न उक्साउनुहोस

बालबालिकालाई उनीहरूका विचार राख्न, भावना व्यक्त गर्न खुला छाड्नुपर्छ। यसले उनीहरू निडर बन्छन्। सिक्न थाल्छन् । तपाईंको व्यवहारले बालबालिकासँग घुलमिल हुन सहज हुन्छ । यसले तपाईंको करियरमा पनि सहयोग नै गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *