दुबईमा कोसेली ट्राभल एन्ड टुरिजमको भव्य उदघाटन

बरदुबई । युएईको दुबईस्थित मुख्य सहर बरदुबईमा नेपाली युवाहरूको अग्रसरतामा स्थापित कोसेली ट्राभल एन्ड टुरिजमको गत शुक्रबार उद्‌घाटन भएको छ ।

उक्त कार्यक्रमको उद्‌घाटन वैदिक विधिबाट पुजाआजा र मंगलमन्त्रोचारणका साथमा स्थानीय अरबी ७ बर्सिया बालिकाद्वारा रिबन काटेर गरिएको हो ।

उक्त कार्यक्रममा युएईमा रहेका नेपाली  सामाजिक संघसस्थाका वरिष्ठ व्यक्तित्वका साथसाथै ब्यावसाहिक ब्याक्तित्वहरु र  सर्वसाधारण नेपालीहरू लगायत अन्य मुलुकका ब्यतित्वहरुको पनि बाक्लो उपस्थिति देखिएको थियो । साथै नेपाल तथा अन्य थुप्रै हवाइ क्षेत्रका (नेपाल एयर लाइन्स, डानटा, फ्लाइदुबई, एयर अरेबिया, लगाएत) थुप्रै अन्तर्रा्ष्ट्रिय उडानका प्रतिनिधिहरुको पनि उपस्थितिमा कोसेली ट्राभल एन्ड टुरिजमले आफ्नो सेवा शुभारम्भ गरेको छ ।

नेपालीहरुको भेटघाटको केन्द्रबिन्दु मानिने बरदुबईमा उल्लेख्य नेपालीका बिचमा उद्‌घाटन गरेको यस ट्राभलले हवाई टिकट, भिजिट भिसा आन्तरिक तथा बाह्य टुरिजम लगायत  सेवाहरुमा विशेष छुट सहितको प्रमोसन अफरको ब्यवस्था गरेको छ ।

बरदुबई बसपार्क एरियाको अल रफा पुलिस स्टेसन अगाडिको भवनमा रहेको यस ट्राभलले नेपाल र नेपालीहरूलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गर्दै तुलनात्मक रूपमा अन्य ट्राभलहरुभन्दा  सस्तोमा हवाई टिकट, भिजिट भिसा, होटेल बुकिङ, र फस्टाउँदै आएको आन्तरिक पर्यटन जस्तैस् धौ क्रुज, डेजर्टसफारी,बुर्ज खलिफा दुबई सिटी टुरका अतिरिक्त विदेशीहरुलाई नेपाल भ्रमण प्याकेज र नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्ष्यमा युएईमा स्थापित कोसेली ट्राभलले युएईबाट नेपालका लागि आकर्षक भ्रमण प्याकेज सार्वजनिक गर्ने र नेपाल वर्षलाई सफल बनाउन र पर्यटन भित्र्याउन आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरिने कोसेली ट्राभल एन्ड  टुरिजम सञ्चालन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *