कानेपोखरी–रंगेली सडकमा कालोपत्रे सुरु

जेठ ३ गते, कानेपोखरी । सडक ठेक्का लागेको ८ बर्ष पछि कानेपोखरी–रंगेली सडकमा कालोपत्रे सुरु भएको छ । पहिलो पटक रंगेली नगरपालिका–९,र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको हो ।

ठेकेदार कम्पनीले पहिलो पटक र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोक सम्म १५.४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको साईड इन्र्चाज नरेश खड्काले बताए । ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने छ ।

पिच गरिएको दायाँ बायाँ २ मिटर ग्राभेल लगाई सकेको छ । पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको साईड इन्र्चाज खड्काले बताए ।

हुलाकी सडक आयोजनाका क्षेत्रीय कार्यालयका अनुसार २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएको छ । तर कम्पनीले समयमै काम नसक्ने भएको छ ।

बाँकी दक्षिण फार्साडाँगी देखि रंगेली सम्म लगभग ९ किलोमिटर कालोपत्रे सडक अर्को बर्ष गर्ने योजना रहेको कम्पनी बताउँछन् । कालोपत्रे सुरु गरेता पनि साइडमा ड्रेन र पुल निर्माण भने काम भैरहेको छ ।

भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि.चेन्नइले २०११ को मार्चमा काम शुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता गरेको थियो तर उक्त कम्पनी १८ महिनापछि सडकको काम छोडेर भागेपछि भारत सरकारको अनुदान सहयोगमा नेपाली निर्माण कम्पनी लामा, डाँफे द कन्चनजंघा कन्सट्रक्सन कम्पनीले सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो ।

भारतीय कम्पनीले सडक निर्माण गर्न नसके पछि नेपाली कम्पनीले पाए पनि अनुगमनको अधिकार भने भारतीयको नै रहेको छ ।

कानेपोखरी–रंगेली सडक हुलाकी राजमार्ग र महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५.४ किलोमिटर लम्बाईको योजनामा कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो । सरकारले कानेपोखरी–रंगेली सडकखण्डका उपभोक्ताको जग्गा अधिग्रहण गरेबापत रु पाँच करोड ६ लाख ५६ हजार १६ मुआब्जा वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *