पथरीशनिश्चरे नगरमा योजनाको अनुगमन्

जेठ २ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाकाले चालु आर्थिक वर्षका योजनाहरु अनुगमन्का क्रममा वडा नम्वर २ र ५ का योजना अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला सहितको प्राविधिक टोलीले वडा नम्वर २ को वन सिमा सडक स्तरोन्नतीको अनुगमन् गरेको छ । नगरपालिकाको ३५ लाख तथा उपभोक्ताको ५ लाख समेतको बजेटमा ३ किलोमिटर ४ सय मिटरको सडक स्तरोन्नती गर्ने योजना परेको थियो ।

समितिले वडा नम्वर ५ स्थित मौलीवारीमा मौलीवारी राजघाट जोड्ने सडकमा १३ लाख ५८ हजार रुपैयाँको लागतमा भएको ५ मिटर ५० सेन्टिमिटर लम्वाई र ६ मिटर चौडाईको पुल निर्माण तथा केही ग्राभेल र माटो पुर्ने कामको अनुगमन् गरेको छ । अनुगम्नमा गुणस्तरीय काममा जोड दिइएको संयोजक वास्तोलाले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *