विषयगत शैक्षिक भ्रमणमा जेनिथ स्कुल (फोटो फिचर)

जेठ २ गते, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थीत रमाइलोमा स्थापना भएको जेनिथ इङ्लिस स्कुलले शैक्षिक सत्रको सुरुमै विद्यार्थीलाई विषयगत शैक्षिक अवलोकन गराएका छन् ।

विद्यालयले कक्षा युकेजी देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई विभिन्न स्थानको वातावरण,भूगोल,वसोवास,मिनि जू,माछा पालन र चुरे क्षेत्र लगाएत विषयमा अवलोकन गराएका थिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीले लेटाङको बजार,चुरे क्षेत्र,तालिम केन्द्र,गुवाबारीको भ्यूटावर र झोलुङ्गे पुलको अवलोकन गरेका थिए ।

त्यसैगरी कक्षा युकेजी देखि ५ सम्मका विद्यार्थीले बेलबारीको बेतना सिमसारको अवलोकन गरेका थिए ।

जहाँ जैविक विविधताले भरीपूर्ण सिमसार,जडिबुटी,विभिन्न प्रजातीको चराचुरुङ्गी,विभिन्न प्रजातीको माछा पालन र मिनि चिडियाखानामा विभिन्न प्रकारका वन्यजन्तु लगायतका अध्ययन र अवलोकन गरेका थिए ।

त्यसैगरी बेलबारी–१०, भाउन्नेमा रहेको सिर्जना पार्कको पनि अध्ययन र अवलोकन गरेका थिए । पार्कभित्र राखिएको मूर्ति ६ देशका ३० जना मूर्तिकारले निर्माण गरेका छन् ।

भारत, बंगलादेश,श्रीलंका, जापान, जर्मनी र इटालीका मूर्तिकारले आआफ्नै परिकल्पना र अबधारणा अनुसार आकर्षक र कलात्मक मूर्ति निर्माण गरेका अवलोकन र अध्ययन गरेका थिए ।

यस्ता प्रकारको विषयगत शैक्षिक अवलोकन र अध्ययन मासिकरुपमा हुने विद्यालयका एकेडेमीक इन्चार्ज होम मोतेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *