पथरीमा मिडिया काउन्सिल सम्बन्धी विधेक खारेजको माग गर्दै पत्रकारले गरे विरोध

जेठ १ गते,पथरीशनिश्चरे । मोरङको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरुले नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेक खारेजको माग गर्दै हातमा कालो पट्टी बाँधेर विरोध जनाएको छ ।

बुधबार महासंघ मोरङको सम्र्पक कार्यालय पथरीमा भेला भएर विरोधको कार्यक्रम गरी विधेक खारेज गर्नु पर्ने माग राख्र्दै मोरङ क्षेत्र नं.—३ का संघीय सांसद तथा कानून मन्त्री भानुभक्त ढकाललाई पत्रकारहरुले एसएमएस पठाएका छन् ।

संघीय सांसद तथा कानून मन्त्री ढकालले निर्वाचन जितेको मोरङ ३ नम्बर क्षेत्रमा कार्यरत पत्रकारहरुले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई खारेजको माग राखी कानून मन्त्री भानुभक्त ढकाललाई अनुरोध गर्दछौ ।’ भन्ने एसएमएस गरेका हुन् ।

महासंघ मोरङको सहसचिव शन्तोष राईको सभापतित्वमा भएको कार्यक्रममा महासंघको केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, प्रेस सेन्टर नेपालको १ नम्बर प्रदेस समितिको कोषाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपाल मोरङको उपाध्यक्ष केदार चौहान, प्रेस युनियन मोरङको उपाध्यक्ष हरी कोइराला लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *