कानेपोखरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिने

जेठ १ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा विशेषज्ञको टोली सहितको शिविर राखेर अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरिने कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लले बताएका छन् ।

बुधबार रमाइलो साकोसको सभाहलमा भएको ‘अपाङ्गता लक्षित अभिमुखिकरण’ कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लले तीन दिने शिविर राखेर विभिन्न प्रकारका अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरी कार्ड वितरण गरिने बताएको हो । उनले शिविरमा अपाङ्गता भएको व्यक्तिहरुलाई शिविर सम्म गाउँपालिकाले घरबाट ल्याउने र लगिदिने व्यवस्था गाउँपालिकाले गरिदिने अध्यक्ष काफ्लेले बताए ।

कानेपोखरी गाउँपालिका क्षेत्र भित्रका विभिन्न सार्वजानिक भवनहरु अपाङ्गता मैत्री नभएकोले अवका
दिन देखि अपाङ्गता मैत्री भवन निमार्ण सुरु हुने अध्यक्ष काफ्लले बताए । उनले अहिलेको गाउँपालिका,वडा कार्यालय,विद्यालय, स्वास्थ चौकी र विभिन्न संस्थाहरुको भवनहरु अपाङ्गता र बाल मैत्री नभएको जनाउँर्दै अवको भवनहरु अपाङ्ता र बाल मैत्री बनाउन गाउँपालिकाले सुरु गर्ने बताए । उनले गाउँपालिकामा अधिकार आएको तर प्रविधि नआएकोले केही कामहरु गर्न धेरै गार्हो भएको जनाएको छ ।

त्यसैगरीकानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतका अनुसार अपाङ्ताभएको व्यक्तिको हक अधिकार सेवा सुविधा तथा सहभागीतामा कानेपोखरी गाउँपालिकाले खेलेको भूमिका सकारात्मक रहेको छ । गाउँपालिकाबाट अपाङ्गता व्यक्तिहरुले पाउने सेवा सुविधाबाट कोही पनि बन्चित हुनु नपरोस ।

अपाङ्गता समन्वय समितिले अपाङ्गता ऐन २०७४ को प्रावधान अनुसार अपाङ्ता परिचय पत्र वितरण गरिनु पर्ने, न्यायोचितरुपमा छात्रवृत्ती अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने,सार्वजानीक भवनहरु अपाङ्ता मैत्री र बाल मैत्री हुनु पर्ने,स्थानीय तहका हरेक विकासमा अपाङ्ता भएका व्यक्तिहरुलाई सहभागीता गराउनु पर्ने र आयआर्जन, जीविको पार्जन र रोजगारी क्षेत्रमा समासेशी सिद्धान्तको आधारमा सहभागीता गराउनु पर्ने लगाएतका माग राख्र्दै आएका छन् ।

गाउँपालिकामा रातो कार्ड पाउने एक सय, र निलो कार्ड पाउने ६० जना रहेको छ । रातो कार्ड पाउनेले महिनाको २ हजार र निलो कार्ड पाउनेले महिनाको ६ सय सेवा सुविधा पाउँर्दै आएको छ । सेतो र पहेलो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरुले सरकारी सेवा सुविधा पाउने गरेको छैन । गाउँपालिकामा अहिले अपाङ्गताको संख्या ८ सय भन्दा माथी रहेको अध्यक्ष बस्नेतले बताएका छन् । नयाँहरुको कार्ड विशेषज्ञाहरुको शिविर पछि कार्ड वितरण गरीने गाउँपालिकाका उपाध्यक्ष राजकुमारी इङ्नामले बताइन् ।

गाउँपालिकाले अपाङगता पहिचानको लागी बैशाख ३ गते वडा नंं १ मा, वडा नंं २,३ र ४ को लागी ४ गते वयरवन स्वास्थ चौकीमा र वडा नंं ६ र ७ को लागी ५ गते गाउँपालिका भवनमा शिविर संचालन हुने गाउँपालिका स्वास्थ शाखा संयोजक बुद्धि बस्नेतले बताएका छन् । कार्यक्रममा महिला सञ्जाल,संस्थागत विद्यालय र सरकारी विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरु, स्वास्थसंयमसेवीका र पार्टी प्रतिनिधिहरु लगाएत ४ यस जनाको सहभागीता रहेका थिए ।

अतिथि नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि भोला अधिकारी,नेपाली कांङ्ग्रेसबाटा तीर्थ कार्की,जेष्ठ नागरीक प्रतिनिधि ओम प्रसाद भट्राई, कानेपोखरी महिला सञ्जाल अध्यक्ष सोभा खनाल,ग्रामिण सुधार सामुदायिक अध्यक्ष नविन राई,मनोज राजवंशी, लिम्बुवान पार्टी जिल्ला सदस्य दिलिप शेर्पा, गाउँपालिका स्वास्थ शाखा संयोजक बुद्धी बहादुर बस्नेत,वडाध्यक्षहरु खड्गबहादुर बस्नेत,मोहन अधिकारी र धनबहादुर राई रहेका थिए । कार्यक्रमको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष राजकुमारी इङ्नामले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *