रेडस्टार स्कुलले कक्षा १२ को विद्यार्थीलाई गरे बिदाई

बैशाख २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार अङ्ग्रेजी बोर्डिङ स्कुलले कक्षा–१२ को विद्यार्थीहरूलाई बिदाइ गरेको छ । विद्यालयका निर्देशक÷प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरूलाई अबिर, खादा तथा मायाको चिनो दिएर बिदाइ गरेको हो ।

संविधानसभा सदस्य सांसद् चण्डीप्रसाद राईको प्रमुख आतिथ्यता र नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव दिननाथ तिम्सिनाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका शैक्षिक संयोजक गणेश विष्टले गरेका थिए ।

बिदाइ कार्यक्रममा सूर्याेदय स्कुल दमककी म्याग्डेलिन सिंह, अरुणा राई, गीता बिक, मैनाकुमारी राई लगायतका अतिथिहरूको उपस्थिति थियो । अवसरमा विद्यालयका भाइस प्रिन्सिपल वसन्त मादेनले स्वागत मन्तव्य राखेका थिए । रेडस्टारबाट यो वर्ष १ सय ४५ जना विद्यार्थीले व्यवस्थापन संङकायबाट कक्षा १२ को वार्षिक परीक्षा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *