आदर्श बोर्डिङमा ५ दिने उद्घोषण तालिम सुरु

बैशाख २७ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७ स्थित बरगाछीको आदर्श बोर्डिङ स्कुलमा ५ दिने उद्घोषण तालिम सुरु भएको छ ।

शुक्रबार तालिमको उद्घाटन् गर्दै ७ नम्वर वडाध्यक्ष मोहन अधिकारीले अहिलेका पुस्तालाई सृजनशील वन्ने तालिमका प्रसस्त अवसर रहेकाले समाज रुपान्तरमा उनीहरुको भूमिका रहने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा,समाजसेवी हरि पौडेल, तालिमका सहजकर्ता एवम् पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना, विद्यालयका निर्देशक एमबी थापामगर र प्रिन्सिपल अगमबहादुर लिम्बूले मन्तव्य व्यक्त राख्दै विद्यार्थीमा औपचारिक ज्ञानसँगै सृजनशील सिकाई आवश्यक रहेको बताए ।

कक्षा ३ सम्मका विद्यार्थीहरुमा उद्घोषण सहितको सृजनशीलताको अभिरुची देखिएको प्रशिक्षक तिम्सिनाले जनाए । उनीहरुका लागि उद्घोषणसँगै कसरी आफु सृजनशील वन्ने भन्ने विषयमा छलफल गर्दै प्रेरण प्रसंगका विभिन्न सामग्रीका माध्यमबाट जानकारी गराइने उनले उल्लेख गरे । ३ दिनसम्म तालिम लिएकामध्येबाट उत्कृष्ठहरुको छनौट गरी थप २ दिने विशेष तालिम प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *