‘१ नं. प्रदेशको नाम ‘किरात’ हुनुपर्छ ‘

‘किरात’ शब्द छोटो, मीठा मात्र नभएर नेपालको मूलबासीलाई सम्बोधन गर्ने शब्द हो । विशेषत नेपालीको पूर्वी भूभागको विकासक्रम किरात सभ्यतासंगै अगाडि बढेको पाइन्छ ।

वर्तमानमा किरात शब्दले कुनै निश्चित समुदायलाई मात्र समेट्ने गलत अर्थ लगाए पनि प्राचीन संस्कृत ग्रन्थहरुमा किरात शव्दको अर्थ हिमाली क्षेत्रको आसपास बसोबास गर्ने समुदाय रहेको पाइन्छ । त्यसैले १ नम्बर प्रदेशको नाम ’किरात’ राख्नु पर्छ ।

डम्बर राई बान्छाना, व्यावसायी, पथरीशनिश्चरे–१,मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *