शान्ति सुव्यवस्थाका लागि नगरमा सुरक्षा वैठक, रहस्यमय मृत्युको सत्यतथ्य छानविनको अपेक्षा

बैशाख २४ गते, पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा शान्ति सुव्यवस्था चुस्त बनाउन सवै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको वैठकले निश्कर्ष निकालेको छ ।

नगरपालिकाले मंगलबार बोलाएको सर्वपक्षीय वैठकमा सहभागीले नगरमा हुँदै गएका रहस्यमय मृत्यु प्रकरणले नगरमा छाएको अशान्तीलाई सवै मिलेर सहज बनाउन लाग्नु पर्नेमा जोड दिइएको छ ।

शान्ति सुव्यवस्था कायम गर्न र अपराध अनुसन्धानमा प्रहरी सक्रिय वन्न नसकेको यसअघिको परिवेशलाई चिर्दै रात्रीकालिन गस्ती समेत गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । नगरमा भएको रहस्यमय मृत्यु प्रकरणकी रिना वस्नेत र षडराज तामाङको घटनाको सत्यतथ्य अनुसन्धानमा प्रहरी सक्रियताको वैठकले अपेक्षा गरेको छ ।

पथरी वजार क्षेत्रमा यसअघि जडान भएका सीसी टीभी क्यामेरा मर्मत गर्दै थप स्थानमा जडान गर्न पथरी उद्योग वाणिज्य संघसँग समन्वय गर्ने पनि निर्णय भएको छ । विभिन्न घटनाहरुले नगरवासीमा छाएको त्रासलाई कम गराउँदै अवको १५ दिनसम्म राती ९ बजेसम्ममात्र होटल व्यवसाय सञ्चालन गर्ने र त्यसपछि सम्वन्धित पक्षसँग पुन छलफल बढाउने निर्णय भएको छ ।

वैठकमा, नगर प्रमुख दिलिपकुमार राईले नगरका सवै सडकको नामाकरण गर्ने सहितका सुरक्षा व्यवस्थापनका योजना अघि बढाउने जनाए । नगरका वडाध्यक्षहरु, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख सुवास भट्टराई सहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *