रितु सन्धि –
पिरोल्दैन होला उता सम्झनाले।
यता पोल्छ छाती सधैं बेदनाले।
छचल्किन्छ आँखा नदी भेल जस्तै।
मुटु छट्पटायो सधैँ चाहनाले।
कतै आउनेछौ तिमी जिन्दगीमा।
त्यही आस मात्रै गर्यो कल्पनाले।
सजाएँ मुटु माझ दोषी बनायौ।
अनायास दिल दुख्छ तीँ लान्छनाले।
यहाँ दैवले नि छ्ल गरेकोछ आज।
मरेँ झन प्रिय को दिगो कामनाले।