एभरेष्ट स्कुलले जोसी र कान्छालाई राष्ट्रि प्रतिभा पुरस्कारले सम्मान गर्ने

बैशाख २१ गते,पथरीशनिश्चरे । १ नम्बर प्रदेशमै परिचित एभरेष्ट बोर्डिङ् स्कुलले राष्ट्रिय प्रतिभा पुरस्कारले लोक गायक एल.पी. जोशी र साहित्यकार धनकुटे कान्छालाई सम्मान गर्ने भएको छ । मोरङको पथरीशनिश्चरे –१, मा स्थापीत स्कुलले राष्ट्रिय विशिष्ट प्रतिभा पुरस्कारले जोशीलाई र राष्ट्रिय युवा प्रतिभा पुरस्कारले कान्छालाई सम्मान गर्न लागेको हो ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विशिष्ट प्रतिभा पुरस्कार ५० हजार नगद र ताम्रपत्र र युवा प्रतिभा सम्मान ३५ हजार र ताम्र पत्रले सम्मान गरिने विद्यालयका निर्देशक रविन कन्दङ्वाले जनाए ।

विद्यालयमा स्थापना गरेको सि.एम.कनदङ्वा स्मृती कोषको राष्ट्रिय विशिष्ट र युवा प्रतिभा सम्मान २०७६ मा दुई व्यक्तित्वहरुलाई छनौट समितिले छनौट गरेका थिए । विद्यालयमा सि.एम.कनदङ्वा स्मृती कोष रु ५ लाखको रहेको छ ।

लोक गायक जोशी र साहित्यकार कान्छालाई बैशाख २६ गते विद्यालयको एक कार्यक्रम विच प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती र १ नं. प्रदेशका प्रतिष्ठित साहित्यकारहरुले सम्मान गर्ने भएका छन् । साहित्यकार धनकुटे कान्छाले ४ वटा कृति प्रकाशित गरिसकेका छन् भने एल पि जोशी लोकगित संगीत क्षेत्रका धरोहर व्यक्तित्व हुँन ।

भाषा,साहित्य,कला,संस्कृति,शिक्षा,चिन्तन,समाजसेवा।पत्रकारिता क्षेत्रलाई टेवा पुर्याउने र सि.एम कन्दङ्वाको योगदानलाई जीवन्त राख्र्दै प्रतिभा प्रोत्साहन गर्ने उद्देश्य रहेको निर्देशक रविन कन्दङ्वा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *