नगरमा चारसय २० जना महिलाको निःशुल्क स्वस्थ परीक्षण

बैशाख २० गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा नगरका ४ सय २० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विहिबार महिलामा हुने क्यान्सर रोग पहिचान गरी उपचारमा पहल गर्ने उद्देश्यले स्वास्थ परीक्षण गराएको हो ।

नगरपालिकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर मुख्य रुपमा पाठेघरको मुखको क्यान्सर परिक्षण ( भीआइए) लाई प्राथमिकता दिँदै पिसाब चुहिने (फिस्टुला ) तथा आङखस्ने रोग र यौन रोगको परीक्षण गरिएको थियो । जसमध्ये १९ जनामा पाठेघरको क्यान्सर देखा परेको छ ।

३४ जनामा पाठेघरको मुखको घाउ, ६७ जनामा सेतो पानी वग्ने सहितका यौन देखा परेको छ । ९० जनामा पाठेघरको विभिन्नखाले समस्या देखिएर भिडियो एक्सरे गरिएको छ । ३० जनामा सिस्टोसिल, १६ जनाको पाठेघर खसेको, एकजनाको पिसाव चुहिने फिस्टुला समस्या देखा परेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय र अरनिको अस्पताल उर्लावारीको प्राविधिक सहयोगमा स्थानीयको उत्साहपूर्ण सहभागिामा शिविर सञ्चालन भएको थियो । रेडियोलोजिष्ट अरनिको अस्पतालका डा. विशालप्रतिक मिश्र, मोरंग सहकारी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाह, अरनिको अस्पतालका स्त्री रोग विशेषज्ञ गौरीशंकर झाको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।

कार्यक्रमको विशेष अतिथि नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर वस्नेत, अरिनको अस्पतालका प्रवन्ध निर्दृशक चिरञ्जिवी चुडाल सहितले यसखाले अभियानले विपन्न महिलाका लागि अझ बढी सहयोग पुग्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *