नेपाली संगीत र कलाको सम्बर्धन र प्रबर्धन मुल मर्मका साथ दुवाईमा नया बर्ष शुभकामना सास्कृतिक कार्यक्रम आज अप्रील १९ तारिक हुने भएको छ |
नेपालबाट तपाईंको मनपर्ने सेलिब्रिटीबाट प्रवासको कामको थकानलाई भुलाउदै नया बर्ष संगीतको माहौलमा रमाउन र झुमाउन शुभकामना आदानप्रादान गरेर मनाउने भएको छ | नेपालबाट चर्चित सदाबहार तथा लोकप्रिय गायक सुगम पोखरेल, नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराई, गायक भरत सिटौला, प्रनिल तिमल्सिना, गायिका सन्जना श्रेष्ठका साथमा हास्य टेलि शृंखला भद्रगोलबाट सार्बधिक चर्चा बटुलेकी मोडल तथा कलाकार रक्षा श्रेष्ठले स्टेजमा धमका मच्चाउने भएका छन |
नेपालका बहुचर्चित कलाकरहरुको साथमा बलिवड ड्रान्सको पनि रहने नया बर्ष सुभकामना सास्कृतिक कार्यक्रम बिशुद्द् सङितिक मनोरन्जन कार्यक्रम रहेने आयोजक रबिनले मोफसललाई बताए ।
कला, साहित्य र संस्कृतिलाई प्रर्वद्धन गर्दै साङ्गितिक मनोरञ्जनको लागि नया बर्ष शुभकामना सास्कृतिक कार्यक्रमको युएईका युबाहरु बिनोद सेट्ट्टि , रबिन थापा , दिनेश धमाला र बिजय बिस्टले आयोजना गरेका हुन | कार्यक्रममा अपराहन १२ बजे देखि सुरुहुने आयोजक रबिन थापाले बताए ।
आयोजकले युएईमा कृयासिल सम्पुर्ण सामाजीक, राजनितिक क्षेत्रीय लगायत सबौ सस्था तथा समाज सेबिलाई सहयोको अपिल गरेका छन ।