नेकपाको रक्तदानमा ६५ पिन्ट रगत संकलन

चैत १९ गते, कानेपोखरी । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कानेपोखरीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको छ ।

२ नम्बर प्रदेशमाको बारा,पर्सा र अन्य जिल्लामा आइतबार राती गएको विनासकारी हावाहुरी र असिनाबाट घाइते भएका लागी नेकपाले मंगलबार रगत संकलन गरेको हो ।

रेडक्रस सोसाइटी विराटनगर शाखाबाट प्राविधिक सहायोगमा कार्यक्रम भएको नेकपाका नेता भोला अधिकारीले बताए । कानेपोखरीका बासिन्दाहरुले रगत दान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *