स्यार्लो तमु संघको जिल्ला अधिबेसन कानेपोखरीमा सम्पन्न, जिल्ला अध्यक्षमा धर्मराज निर्वाचित

चैत १८ गते, कानेपोखरी । स्यार्लो तमु प्ये ल्हु संघ मोरङको दोस्रो जिल्ला अधिबेशन कानेपोखरी गाउँपालिकामा सम्पन्न भएको छ ।

शनिबार कानेपोखरीको स्यार्लो तमु क्हाइबोमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १ नम्बर प्रदेशको सांसद पदम कुमारी गुरुङ प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि गुरुङले शुभकामना मन्तव्य दिने क्रममा विगतमा गुरुङहरुले क्षेत्री पण्डित लगाएर पुजाआज गर्थे तर त्यो हिन्दु धर्मबाट हुने बँुझेपछि आफ्नै पुरोहित लामा लगाउन थालेको बताए ।

पछि गएर हाम्रो आफ्नै संस्कृती, धर्म अनुसार पुरोहितको रुपमा आफ्नै जातको लामा उत्पादन गरेर पुजाआज गर्ने थालेको बताए । पुर्खाहरुले मान्दै आएको धर्म संस्कृतीलाई जोगाएर लानु पर्ने बताएका थिए ।

त्यसैगरी विशिष्टि अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले विभिन्न जातीको भाषा,धर्म र संस्कृतीको जगेना गर्न स्थानीय सरकार लागी परेको बताए ।

भाषा हरायो भने जाती पनि हराउने भएकोले आफ्नो भाषा,संस्कृतीको संरक्षण गर्नुपर्ने बताए । गाउँपालिकामा दुई स्थानमा लिम्बू भाषा संचालन गरेको बताए । गुरुङहरुको भाषा लिपिको कक्षा संचालन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

त्यसैगरी वडा नंं ७ का वडाध्यक्ष चरण गुरुङ,किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष विवेक लिम्बू, किरात राई योयाक्खा पूर्व जिल्ला अध्यक्ष नविन राई लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

जिल्ला अध्यक्षमा धर्मराज निर्वाचित
जिल्ला अधिबेसनले ३ बर्षे कार्यकालको लागी नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा धर्मराज गुरुङ,उपाध्यक्षमा लाल बहादुर गुरुङ,सचिवमा नविन कुमार गुरुङ,सहसचिवमा अग्नी गुरुङ र कोषाध्यक्षमा कविता गुरुङ चयन भएको छ ।

त्यसैगरी सदस्यहरुमा मदन गुरुङ,टिका कुमार गुरुङ,रविन्द्र गुरुङ,अम्बिका गुरुङ,तिर्थ गुरुङ,यशोदा गुरुङ,गणेश गुरुङ र डम्बर कुमारी गुरुङ चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *