अमरदमा १ नम्बर प्रदेश स्तरीय ढल्के जोवन गोल्डकप हुने

चैत १६ गते, पथरी । सुनबर्सी नगरपालिका वडा नम्वर– २, अमरदहमा १ नम्बर प्रदेश स्तरीय ढल्के जोवन गोल्डकप हुने भएको छ ।

अमरदह ढल्के जोवन युवा क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराएको हो । गोल्डकप बैशाख २१ गतेदेखि हुने भएको छ । गोल्डकपमा विजेता टिमले २ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार,ट्रफि,मेडल र प्रमाण पत्र पाउँने क्लवका अध्यक्ष प्रताप तामाङले वताए ।

अमरदहको विरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयमा हुँने ढल्के जोवन गोल्डकप प्रतियोगिता पूर्वाको १६ टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता सफल बनाउन सुनवर्सी नगरपालिकाले २ लाख र वडा नं. २ ले २ लाख ८० हजार रुपैया दिने भएको छ । खेलको लागी स्थानीय संघ–संस्थाको सहयोगमा कुल १५ लाख रुपैया खर्च हुने क्लवका अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा वताए ।

३० वर्ष भन्दा माथिका उमेर भएका खेलाडीहरुलाई मात्र खेलमा सहभागि हुने पाउने प्रावधान रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ ,प्रत्येक दिनको म्यान अफ द म्याच हँनेलाई १५ सय रुपैयाँ सहित ट्रफी प्रदान गरिने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *