पथरीशनिश्चरे नगरमा तीन महिने कम्प्युटर अपरेटर तालिम सुरु

चैत १० गते,पथरी । १ नम्बर प्रदेशको प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरमा तीन महिने निःशुल्क कम्प्युटर अपरेटर तालिम सुरु भएको छ ।

आइतबार नगरप्रमुख दिलिपकुमार राईले सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत वडा नम्वर –१, बजारमा रहेको सुनाखरी माध्यामिक विद्यालयद्धारा आयोजित सो तालिमको उद््घाटन्् गरेका थिए ।

उद््घाटन््का क्रममा उनले समय र अवसर दुवै भएका युवा पुस्ताले ज्ञानलाई सीपमा र सीपलाई रोजगारीमा परिणत गर्न यसखाले तालिमले सघाउने वताए ।

कार्यक्रममा, १ नम्वर वडाध्यक्ष बाबुराम एङ््देन, सीटीइभीटीका प्रदेश निर्देशक शिवप्रसाद दहाल, सुनाखरी माविका व्यवस्थापन समिति अध्यक्ष कुमार चाम्लिङ र प्रधानाध्यापक केशवप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए । तालिममा ३ समूहमा गरी ५० भन्दा बढीको सहभागिता रहने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *