पथरीशनिश्चरे नगरको दलितलाई निःशुल्क झुल वितरण

चैत ४ गते,पथरी । पथरीशनिश्चरे–३, नम्बर वडाका १ सय ५० दलित घर परिवारलाई एक÷ एक थान झुल निःशुल्क वितरण गरिएको छ ।

वडाको लक्षित वर्गको बजेट अन्तर्गत ६० हजार रुपैयाँ बराबरका १ सय ५० थान झुल वितरण गरिएको हो ।

दलित वर्ग उत्थान समाजको आयोजनामा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष डम्वरबहादुर चेम्जोङ सहितले झुल वितरण गर्दै विपन्न दलित वर्गका लागि यसखाले कार्यक्रमले राहत पुगेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *