जिल्ला क्याम्पस स्तरीय महिला भलिवलको उपाधिमा उर्लाबारीको जित

चैत १ गते, पथरी । किरात राई खेलकुद संघ मोरङ जिल्ला समितिले आयोजना गरेको प्रथम जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी उर्लाबारी बहुमुखी क्याम्पसले चुमेको छ ।

बिहिबार पथरीशनिश्चरे–१,स्थीत सुनाखरी खेलमैदानमा भएको खेलमा उर्लाबारी बहुमुखी क्याम्पसले फाइनल खेलमा पथरी बहुमुखी क्याम्पसलाई २५—१४, १८—२५ र २६—१५ को सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधि चुमेको हो ।

विजेता र उपविजेता टिमलाई नगद १५ र १० हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेको किरात राई खेलकुद संघको अध्यक्ष निता कुलुङ राईले बताइन् ।

खेल समापन कार्यक्रम पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल र स्थानीय शिक्षा सेवी प्रदिप राई लगायतको उपस्थिति रहेको थियो । पूर्वी मोरङ चार वटा टिम प्रतियोगितामा सहभागि भएको थियो ।

महिला खेलाडि तथा भलिवल खेलकुदको बिकासको लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कुलुङराईले बताई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *