पथरीमा पूर्व स्तरीय नृत्य प्रतियोगिता हुने

फागुन ३० गते,पथरीशनिश्चरे । पथरीशनिश्चरे–१०,मा रहेको भुटानी शरणार्थी शिविरको क्याम व्यवस्थापन समितिले पूर्व नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

विहिबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बर्षको अवसरमा आगामी बैशाख २ गते एक दिने नृत्य प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितामा पूर्वको क्बल,संस्थाहरुले भाग लिन पाउने जनाउँर्दै नेपाली भेषभूसाको नृत्यलाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।

सामूहिक नृत्यको प्रतियोगितामा प्रथम र दोस्रो हुनेलाई क्रमश १५ हजार र १०हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने र एकल नृत्यको प्रथम र दोस्रो हुनेलाई क्रमश १० हजार १० रुपैया र ५ हजार ५ रुपैयाको साथमा ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

नृत्यको निर्णाय भूमिकामा डाइरेक्टर अनिश थापा, नृत्य प्रशिक्षक गोविन्द राई र नेपालीबुगी–वुगीका डान्सर मनिता राई रहनेछन् । सामुहिक नृत्यमा ८ जना केटा र ८ जना केटी सहित जम्मा १६ जना हुनु पर्ने जनाएका छन् ।

नृत्यको लागी रकम नलाग्ने बताउँर्दै आगामी चैत २० गते सम्म फारम भरिसक्नु पर्ने जनाएका छन् । एक राउण्डमा समाप्त हुने तृत्य प्रतियोगितामा २० वटा टिम मात्र समावेश गरिने पत्रकार सम्मेलनमा

नेपालबाट तेस्रो मुलुक गएका नेपालीहरुको आर्थिक संकलनमा हुनलागेको नृत्य प्रतियोगितामा २ लाख खर्च हुने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *