किटानी जारीहेरी दर्ता लिएनन् प्रहरीले, १४ दिन सम्म उठेनन् तामाङको लास

फागुन ३० गते, पथरीशनिश्चरे । पथरीशनिश्चरे—१,स्थीत बजारमा भएको षडराज तामाङको संकास्पद मृत्युको १४ दिन वितिसक्दा पनि लास उठाएको छैन । मृतकका आफ्न्तले हत्या गरिएको बताउँर्दै दोषी पत्ता नलगाए सम्म लास नउठाउँने बताउँर्दै आएका छन् । दुई हप्ता वितिसक्दा पनि यस विषयमा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेकोले यो समयमा चौतर्फी मिल्न दवाव दिएको बताएका छन् ।

विहिबार मृतकका परिवारले फेरि पत्रकार सम्मेलनको आयोजना गरी न्याय दिनुको सट्टा उल्टै राजनितिक दलका नेता,जनप्रतिनिधि सहितका टोलीले मृतकको लास जलाउन आग्रह गर्दै मिल्न दवाव दिएको बताए । तीन दिन अघि मृतकका पत्नी मनीता गुरुङले किटानी जाहेरी दिदा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको र प्रहरीले मिल्न दवाव दिने वातावरण मिलाई दिएको मृतकको भाउजु अङग्रिता तामाङले गुनासो गरिन् ।

पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरु र विभिन्न पार्टीका स्थानीय नेताहरु पनि पीडितलाई सहयोग गर्ने नाममा इलाका प्रहरी कार्यालयमा भीड लाग्न थालेको पीडित आङ्रिता तामाङले बताए । हामीले मुद्धा दार्ता गर्ने भनेपछि तापाईहरुको सहयोग गर्न आएको भन्दै जनप्रतिनिधिहरु र नेताहरु इलाका आउन आउछन् । तामाङ भन्छिन ‘हामीलाई सहयोग गर्ने भन्छन तर, मुद्धा दर्ता नगर्नु भन्छन हामीले कसरी बुझ्ने ।’

मान्छे मारिएको छ, न्याय दिलाउन लाग्नु पर्ने समाजका अगुवा उल्टै पीडा माथी पीडा दिने काम भई रहेको छ, यो हाम्रो कस्तो समाज हो भन्दै भक्कानिर्दै रुर्दै मृतकका दिदी टिका तामाङले भनिन् । उनिहरुले पत्रकार सम्मेलनमा गुनासो मात्र गरेनन् उचित न्याय दिलाइदिन अनुरोध गरेका छन् । पीडित परिवारले आज बिहिबार १४ दिन भैसकेको छ, मृतक षडराज तामाङको दाहसस्कार गरेका छैनन् ।

न्याय नपाए सम्म दाहसंस्कार नगर्ने मृतकका परिवारले बताउँर्दैै आएका छन् । पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाती सवन्य समिति पथरीशनिश्चरे नगरका अध्यक्ष चन्द्र तामाङले पनि तथ्य सत्यको छानविन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिनु पर्ने बताएका थिए ।

सञ्चार माध्यममा समाचार आउन थालेपछि पीडित परिवारलाई विभिन्न आश्वासन दिएर मिल्न दवाव दिदै आएको पीडित परिवारले बताए । पीडित परिवारलाई नगद आठ लाख दिने मुद्धा दर्ता नगर्न आश्वासन दिदै आएको बुझिएको छ । पीडित परिवार मृतकको भाउजु आङ्रिता तामाङ र दिदी टिका तामाङले होटल सञ्चालकहरु सहित १० जना विरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाइ सकेको छ ।

प्रहरीले दर्ता नगरेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरिरहेका छन् । प्रहरीले भने मुद्धा दर्ता भइसकेको बताएको छ । मुद्धा दर्ता गरेको जनाएपनि जाहेरीमा नाम परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानमा कडाइ नगरेकोमा गुनासो गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा मृतक षडाराज तामाङको पत्नि मनिता गुरुङको पनि उपस्थिति थियो । गुरुङले षडराज तामाङसँग विवाह गरेको सात महिना मात्र भएको थियो । मनिताको पेटमा पाँच महिनाको गर्भ रहेको छ ।

मृतकको दाजु ज्ञानु तामाङ विदेशबाट भाइको केही दिन अघि आएका हुन् । आफूलाई न्याय दिन कोही नलागेको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरे । दिदी टिका तामाङले पत्रकार सम्मेलनमा आशँु झार्दै भने ‘हामीलाई सहयोग गर्ने कोही भएनन ।’ पत्रकार सम्मेलनपछि होटाल सञ्चालकका आफन्तहरु र केही जनप्रतिनिधिहरुले पीडित परिवारलाई धाकधम्की दिएको बताए । किन पत्रकार सम्मेलन गरेको भनेर प्रश्न गरेको भनेर सोध्ने गरेको पीडित परिवार ज्ञानु तामाङले बताए ।

घट्नामा संलग्न व्यक्तिहरु पत्ता नलागेसम्मा शव नबुझ्ने बताउदै आएपनि मृत्यु भएको धेरै दिन विति सकेको कारण मृत शरीर दुर्घन्ध आउन थालेको उर्लाबारी मंगलबारे स्थित अस्पतालले बताउन थालेको पीडित परिवारले बताए । शवको पोष्ट मार्टम बी.पी.कोइराला विज्ञान प्रतिष्ठानमा भएको थियो । पोष्ट मार्टम रिपोर्टमा टाउकोको हड्डी फुटेको आएको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताए । यद्यपि भिसेरा रिपोर्ट आउन बाँकी रहेको प्रनि बजगाईले बताए ।

किटानी जाहेरी दर्ता नभएको बारे प्रनि बजगाईले अनुसन्धनकै क्रममा रहेको बताउदै आएका छन् । तर पीडित परिवार भने प्रहरीले जाहेरी लिनुपर्ने बताउदै आएका छन् । पीडित परिवार भने प्रहरी कार्यालयको प्रमुख घट्नालाई होटलबाट झरेर मरेको भन्ने पार्न प्रहरी लागि परेको आरोप लगाउदै आएको छ ।

होटलमा झगडा तथा मृत्यु राति करिव ११ बजे भएकोले घट्नाको जिम्मेवारी होटल सञ्चालक र प्रहरीले लिनुपर्ने मृतककी भाउजु आङ्रिता तामाङको भनाइ छ । फागुन १६ गते पथरीशनिश्चरे नगरपाकिा—७ को २६ बर्षिय षडराज तामाङको संकास्पद मृत्यु थियो । पथरीमा राति ९ बजेसम्मा मात्र होटल खोल्ने नियम भएपनि घट्ना करिव ११ बजे भएको थियो ।

सिक्का बारमा मृतक षडराज तामाङको टोलीसँग दुई महिलासहितको टोली र होटल सञ्चालकसँग दुई पटक झगडा भएको थियो । स्थित सिक्का बार एण्ड लन्च पाँचौ तलामा रहेको छ । पीडित परिवारले केही दिन अघि पनि पत्रकार भेटघाटको आयोजना गरी षडराज तामाङको हत्या भएको भन्दै दोषीलाई कडा कारबाही गरिनु पर्ने माग गरेको थियो ।

घट्ना पश्चात इलाका प्रहरी कार्यालय पथरीले सिक्का बार सञ्चालक संजीव गिरी, धिरेन सुब्बा, नैना राई, सजन श्रेष्ठ, पुजन विक र मिलन श्रेष्ठलाई प्रहरी कायालयको सम्पर्कमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *