पथरीमा क्याम्पस स्तरीय महिला भलिवल हुने

फागुन २६ गते,पथरीशनिश्चरे । किरात राई खेलकुद संघ मोरङको आयोजनामा जिल्ला भित्र रहेको बहुमुखी क्याम्पस स्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा उर्लाबारी क्याम्पस,लेटाङ क्याम्पस,भगवती क्याम्पस,रमाइलो क्याम्पस र सुकुना क्याम्पस गरी जम्मा ६ वटा बहुमुखी क्यामपसहरुको सहभागिता हुने किरात राई खेलकुद संघ मोरङकी अध्यक्ष निता राईले बताइन् ।

उनि पथरी बहुमुखी क्याम्पसको स्ववियु उपसभापती हुन । फागुन ३० गते हुने प्रतियोगिताको विजेतालाई १५ हजार र उपविजेतालाई १० हजार,ट्रफी,प्रमाण पत्र र मेडल प्रदान गरिने खेल संयोजक कुमार राईले बताए ।

पत्रकार सम्मेलनमा किरात राई योयाक्खा केन्द्रिय सचिव अर्जुन जम्नेली राई, मोरङ जिल्ला अध्यक्ष नराहाङ राई लगाएत उपस्थित थिए । खेल सुनाखरीको खेल मैदान पथरीमा हुने भएको आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *