वडाध्यक्षद्रारा जनता कुटपिट,असई पीडितलाई मिल्न दवाव

फागुन २५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष दिपेश कार्कीले आफ्नै जनतालाई कुटपिट गरेका छन् ।

शुक्रबार होक्लाबारीको डिपु चौक–हाटखोला स्कुल जोड्ने सडकको स्टीमेट वडाअध्यक्षसँग हेर्न मागे पछि स्थानीय बाबु गजेन्द्र थापा र छोरा टार्जन थापालाई कुटपीट गरेको हो । कुुटपिटमा बुबा गजेन्द्रको दाहिने हातको कान्छि औला भाँचिएको छ । शुक्रबार बेलुकी बाबुछोरा प्रहरी चौकी रमाइलो आएर मौखिक उजुरी दिएर रमाइलो डायनेष्टि सेन्टर रमाईलोमा प्राथमिक उपचार पछि घर र्फकेका छन् ।

होक्लाबारीको डिपु चौक–हाटखोला स्कुल सम्म सडक स्तरउन्नती गर्ने क्रममा खाल्ड खुल्डीमा गिटि भरेर रोल्लर र ग्रेडर लगाउने क्रममा के रैछ यस को स्टामेट भनेर बुझ्न खोज्दा सार्वजानीक स्थलमै वडाध्यक्ष कार्कीले आफुमाथी कुटपिट गरेको छोरो टार्जन थापाले बताए ।

वडाध्यक्षले मलाई कुट्पिट गर्दा बुबा गजेन्द्र थापाले छुटाउने हुँदा बुबाको हात र्मकीएको र कान्छि औला भाचिएको टार्जन बताउँछन् । शनिबार वडाध्यक्ष कार्की विरुद्र किटानी जाहेरी दिने पीडितले बताए ।

उता बेलुकी मौखिक उजुरी दिएर भोलि विहान किटानी दिने तयारी गरेर घर र्फर्केको थापाहरु विहान नै होक्लाबारी चौकमा गएर एतै मिल्नु भन्दै रमाइलो प्रहरी चौकीको असई हरिबहादुर कार्की पुगेका थिए । विहान पीडित र पिडक भेला गराएर कार्कीले मिल्न दवा दिएको थापाले बताए । असई कार्कीले भने हामी मिलाउन गएको हैनै हामी मिल्ने भनेर बोलाए पछि गएको हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *