नेपथ्य लाइभ कन्सर्टको टिकट अनलाईनबाट लिन पाउने

दुबईमा २०१९ मार्च १५ मा अयोजना हुने  सांगीतिक कार्यक्रम नेपथ्य लाइभ कन्सर्टको दर्शकको सुबिधाको लागि अनलाइन बाट टिकट लिने पाउने  आयोजकले बताएका छन ।

दुबाईको स्थपित अनलाईन   टिकट बिक्रेता  प्याटिनम डट कमले युएई  कार्यक्रम नेपथ्य लाइभ कन्सर्टको टिकट बिक्री  आज् बाट सुरु गरिसकेको आयोजक् सुजन रजकले मोफसललाई बताए  । रजकका अनुसार दुबाईको टिकट बिक्रेताले पहिलो पटक नेपथ्य लाइभ कन्सर्टको  टिकट बिक्री गरेको हो |युएईका सबै बैकका काड बाट टिकट लन पाउने छ्न |

तिन हजार बढी दर्शक क्षमता भएको अलनासर लिजरल्याण्डमा  नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई आउँ सम्पूर्ण कानुनि तथा डकुमेन्टको प्रकृया सकिएको आयोजक रमेशले  बताए  । नेपथ्य लाइभ कन्सर्टमा टाडाबाट आउने दर्शकहरुलाई यातायातको ब्यबस्था गरिने आयोजकले जनानाएको छ | 

 बरदुबईको लुम्बिनी गेस्टहाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले मार्च १५ तारिक हुने नेपथ्य लाइभ कन्सर्ट कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन युएईमा कृयासील सम्पूर्ण सामाजिक संस्थाहरु, जातीय संस्थाहरु, राजनीतिक दलका भातृ संगठनहरु, बुद्धिजीवि, समाजसेवी,ब्यबसायी तथा पत्रकारहरु सबैलाई सहयोग गर्न अनुरोध गरेका छन |

प्रवासमा रहेका  नेपालीहरुमाझ नेपाली कला,साहित्य र संस्कृतिलाई प्रबर्धन गर्दै साङ्गितिक मनोरञ्जनको लागि नेपथ्य दुबई आउन लागेको हो । नेपथ्य लाइभ कन्सर्ट  युएईमा रहेका रमेश ढकाल, मोहनसिंग लिम्बु , सुजन  रजक  र हरि भुजेलले ब्यबस्थापन  गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *