गायिका इन्दिरा भट्टराईलाई उत्कृष्ट पप गायिकाको उपाधी

काठमाण्डौ /पप तथा आधुनिक गायनमा पछिल्लो समय चर्चाको शिखरमा चढ्दै गएकी गायिका
इन्दिरा भट्टराईले उत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी छन ।
बोस्टर म्युजिक अवार्ड २०७५ मा भट्टराइको एक्सिडेन्ट भयो न्युरोडमा बोलको गीत मार्फत सर्बोकृस्ट पप गायिकाको उपाधी हात पारेकी हुन ।
गायिका भट्टराईको उक्त गीत गएको महिना मात्रै बजारमा आएको थियो । बजारमा आएको केही समयमा नै गीतले लोकप्रियता हासिल गर्दै गएको छ । 
यसअघि एपिक नेपाल म्युजीक अवार्डमा पनि गायिका भट्टराइको ‘तिमीले छाडे मर्छु म ’ बोलको गीतबाट उनले पप तथा लोकपप गीत बिद्यामा उत्कृष्ट गायिकाको जुरी अवार्ड हात पार्न सफल भएकी थिइन ।
लगातार अवार्ड हात पार्दै गएकी भट्टराई नयाँ अवार्डबाट अझै यस क्षेत्रमा लाग्नका लागि हौसला मिलेको बताइन । उनले यो सफलताको शुरुवात मात्रै भएकाले धेरै अघि बढ्न र गीत संगीतमा नै आफ्नो भविश्य खोज्न प्रेरणा मिलेको प्रतिकृया दिइन ।

रेस्पोन्सीप मिडीया काठमाण्डौले आयोजना गरेको सगरमाथा म्युजिक अवार्डमा पनि उनले लोक तथा पप गीत बिद्यामा उत्कृष्ट नव गायिकाको अवार्ड हात पारेकी थिइन भने भट्टराईको स्वरमा रहेको ‘मायाको घर जलाएर’ गीतले बोलको गीतले संयुक्त अरब इमिरेट्स९युएइ०मा हालै सम्पन्न ‘मोडल सङ्गस अवार्ड’ मा नव गायिकाको अवार्ड हात पार्न सफल भएको थियो ।

सभार : न्युज डबलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *