सुकुम्बासी समस्या समाधानको कानून निर्माण अन्तिम चरणमा : मन्त्रि ढकाल

फागुन २२ गते, कानेपोखरी । कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सुकुम्वासी र बसोवासको समस्या समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको बताउँर्दै नहतारिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार मोरङको कानेपोखरी गाउँपालिका स्तरीय बृहत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्रि ढकालले सो कुरा बताएको हो । भूमि सँग सम्बन्धि नीतिगत व्यवस्था पुरा गरेर सदनमा लगि सकेकोले अब चाँडै सुकुम्वासी र बसोवासको समस्या समाधान हुँने मन्त्रि ढकालले बताए । मोरङ क्षेत्र नं.३ मा सुकुम्बासीको समस्या र दोहोरो स्वामित्व भएको जग्गा पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिका रहेकोले मन्त्री ढककाललाई त्यहाँका जनताले प्राथमिकताका साथ हेरेका छन् ।

अस अघि विभिन्न राजनितिक दलले समस्याको सामाधान गरिदिने भनेर धेरै पटक चुनावमा बाचा गरेर त्यस स्थानमा चुनाव जितेको तथ्याङ छन् । चुनाव जितेर गए पनि अहिले सम्म समस्याको समाधान भएको छैन । स्थीर सरकार नभएको कारण समस्याको समधान गर्न नसकेको पूर्व संसादहरुले बताउँर्दै आएका थिए । तर यस पटक पनि मन्त्रि ढकाल तथा नेताहरुले चुनाबी मैदानमा जादा पहिलो प्राथमिकता सुकुम्बासी समस्याको समधान नै बताएका थिए ।

ढकाल मन्त्रि हुन साथ यस दुई पालिकामा आउन साथ सुकुम्बासीको नेताहरुको सुकुम्बासी समस्याको समाधानको ज्ञापन पत्र कार्यक्रम पिछे हस्तान्तरण गरेका थिए । मन्त्रि ढकाललाई यस क्षेत्रमा सामान्य कार्यक्रम हुँदा पनि सुकुम्बासी समस्याको बारेमा नबोली उन्मुक्ती नै पाउँदैनन् ।

मन्त्रि ढकालले बृद्धा भत्ता क्षतिपुर्ति सहित ५ हजार बनाउने सरकारले तयारी गरिरहेको उनले बताए । त्यसैगरी प्रदेशकै गौरवको रुपमा मानिएको पथरीशनिश्चरे–१०,स्थीत भुटानी शरनार्थी शिविरमा आदिवासी जनजाति सहितको साँस्कृतिक संग्रहालयको प्रक्रिया अघि बढेकोले आफुले चुनावमा गरेको बाचा पुरा गर्दै लगेको बताए ।

त्यसैगरी नेकपाका नेता ऋषिकेश पोखे्रलले दुवै पार्टीको महाधिबेसन पछि नीति,उदेश्य एउटै भएपछि राजनितिक,बैचारीक रुप पनि एक भएकोले पार्टी एकता भएको बताउँर्दै केन्द्रमात्र कमिटि बनेकोले अबको एक महिना भित्र वडा,गाउँ, जिल्ला र प्रदेशको कमिटि बन्ने विश्वास कार्यकर्ताहरुलाई दिलाएका थिए । कायृक्रममा पार्टीका केन्द्रिय सदस्य महेश रेग्मी,प्रदेश सहइन्चार्ज सावित्री कुमार काफ्ले,प्रदेश सदस्य भोगेन्द्र यादव र कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बोलेका थिए ।

नेता, कार्यकर्ताले कार्यक्रममा दिवंगत भएका मन्त्रि रविन्द्र अधिकारी र पूर्वअर्थमन्त्रि भरत मोहन अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ मगर, नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी अछामी त्यसैगरी नेतृ गीता तिम्सिना सहितका नेताहरुको उपस्थिती रहेको थियो । भोला प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज राजवंशीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *