चौथो नगर स्तरीय नगर वडाकपमा वडा नम्बर १ बिजयी

फागुन २२ गते,पथरीशनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरमा जारी चौथो नगर स्तरीय खुल्ला नक आउट नगरवडा कप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा वडा नं. १ विजयी भएका छन् ।

खेलमा वडा नम्वर–१ ले वडा नम्बर–२ लाई ५–३ गोलको अन्तरले वडा नम्बर १ विजयी भएको हो । निर्धारित समयमा दुवै टिमबाट ३–३ गोलको बराबरीमा खेल समाप्त भएपछि खेलको छिनोफानो टाइबेकरले गरेको थियो । टाईबेकरमा वडा नम्वर १ का सुमन राई,मिन धिमाल,नियन लिम्वु,विशाल पाण्डे र साईमन लिम्वुले गोल लगाएका थिए ।

त्यसैगरी वडा नम्वर–२ को तर्फवाट टाईवेकरमा सन्तोष न्यौपाने,सनम तामाङ र सन्दिप मगरले मात्र जाली चुमाएका थिए । खेलको म्यान अफ दि म्याच वडा नम्वर– १, का सुमन राई घोषीत हुदै नगद १ हजार ५ सय, ट्रफि हात पारेका थिए । उनको प्रतिभालाई प्रोत्साहन गर्न नगर खेलकुद विकाश समितिका अध्यक्ष मनि लिम्वुले थप रकम थपेर हौसला प्रदान गरेका थिए ।

खेलको ३५ औँ मिनेटमा वडा नम्वर –२, का सुनिल लिम्वुले गोल गर्दै टिमलाई १–० ले अग्रता दिलाएका थिए । मध्यन्तर पछि १–० मा सुरुभएको खेलमा वडा नम्वर–१ले खेलको ४५ आँै मिनेटमा सुमन राईले गोल गरेर खेल बराबरी बनाएका थिए । त्यसैगरी खलेको ४७ औँ मिनेटमा राईले फेरीव्यक्तिगत थप १ गोल गर्दै खेलको अंकलाई २–१ बनाएका थिए ।

पहिलो हाफ बाटै दवामा राखेको वडा नम्वर–२, ले खेलको ६० औँ मिनेटमा कवि राईले १ गोल गर्दै खेलको नतिजा ३–२ बनाएको थियो । त्यसैगरी खेल सकिन १ मिनेट बाँकी रहँदा वडा नम्वर–२, का गोलरक्षकले डिवक्समा गल्ती गरेपछि पाएको अवसरलाई सदुपयोग गर्दै १ नम्वरका खेलाडी साईमन लिम्वुले प्रहार गरेको वल गोलमा परिणत हुँदा खेल ३–३ गोलको बरावरीमा खेल समाप्त भएको थियो ।

विहिबार पहिलो सेमिफाईनल खेल वडा नम्वर ५ र वडा नम्वर ९ का विचमा हुने खेल संयोजक विकी राईले बताए । बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको विजेताले नगद ५१ हजार उपविजेताले ३१ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *