श्रमिक महिला दिवशमा चित्रकला प्रतियोगिता

फागनु १९ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकाले नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा चित्रकला प्रतियोगिता सहितको कार्यक्रम गर्ने भएको छ ।

मार्च ८ का दिन आगामी शुक्रवार नगरका माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच महिला हिंसा र महिला सशक्तिकरण शिर्षकमा चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाए ।

आइतबार नगर उपप्रमुख यमुना विष्ट वास्तोल सहितको बसेको महिला जनप्रतिनिधिहरुको बैठकले सो दिन चित्रकला प्रतियोगिताका साथै कार्यपत्र प्रस्तुति सहित अन्तरक्रिया कार्यक्रम राखिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *