नेपथ्य लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा

लोकरक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष पुरा गरेको  अबसरमा दुबईमा २०१९ मार्च १५ मा  सांगीतिक कार्यक्रम नेपथ्य लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन |

 बरदुबईको लुम्बिनी गेस्टहाउसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले मार्च १५ तारिक हुने नेपथ्य लाइभ कन्सर्ट कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन युएईमा कृयासील सम्पूर्ण सामाजिक संस्थाहरु, जातीय संस्थाहरु, राजनीतिक दलका भातृ संगठनहरु, बुद्धिजीवि, समाजसेवी,ब्यबसायी तथा पत्रकारहरु सबैलाई सहयोग गर्न अनुरोध गरेका छन |

तिन हजार बढी दर्शक क्षमता भएको अलनासर लिजरल्याण्डमा  नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई आउँ सम्पूर्ण कानुनि तथा डकुमेन्टको प्रकृया सकिएको आयोजक रमेश ढकालले  बताए  । नेपथ्य लाइभ कन्सर्टमा टाडाबाट आउने दर्शकहरुलाई यातायातको ब्यबस्था गरिने आयोजकले जनानाएको छ | 

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ, लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्यको यो दोश्रो पटक दुबई यात्रा हो ।दुबईमा  सांगीतिक समुह नेपथ्यले यसअघि नेपालमा विनासकारी महाभुकम्पबाट पिडितहरुको लागि सहयोगार्थ कार्यक्रम सफल रुपमा सम्पन्न  गरिसकेको छ ।

प्रवासमा रहेका  नेपालीहरुमाझ नेपाली कला,साहित्य र संस्कृतिलाई प्रबर्धन गर्दै साङ्गितिक मनोरञ्जनको लागि नेपथ्य दुबई आउन लागेको हो । नेपथ्य लाइभ कन्सर्ट  युएईमा रहेका रमेश ढकाल, मोहनसिंग लिम्बु , सुजन  रजक  र हरि भुजेलले ब्यबस्थापन  गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *