एभरेष्ट आर्टले सेरामिक तालिम गर्ने

फागुन १६ गते,पथरी । मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ ।

फ्यूजनको विहिबार बसेको बैठकले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौं र पथरी शनिश्चरे नगरपालिकाको सहकार्यमा भोलीदेखि चैत १७ गतेसम्म १ महिने ‘ह्विल थ्रोइङ सेरामिक तालिम’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

फ्यूजनका क्रियाशीलहरुले स्थापना गरेको पथरी सेरामिक उद्योगमा नगरका इच्छुकहरुका लागि त्यसप्रकारको तालिमको आयोजना गरिएको फ्यूजनकी संस्थापक अध्यक्ष सरोजा खड्गीले जनाउनु भयो । तालिममा प्रत्येक वडाबाट ३,३ जनाका दरले २० जनाको सहभागिता रहने छ ।

सो वैठकले, हस्तकला सम्वन्धी तालिम व्यवस्थापनका लागि फ्यूजनका सदस्य मनबहादुर (दिलमान) बेघालाई संयोजक तथा फ्यूजनका साधारण सदस्य एवम् सेरामिक उद्योग सञ्चालक पूर्णकुमार राई (सन्तोष) र पद्मा ओख्राबुलाई सदस्यमा चयन समेत गरिएको छ । बैठक नवनिर्वाचित अध्यक्ष षडानन्द सुवेदी निश्चलको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *