कानेपोखरीमा गाउँपालिका अध्यक्षबाट हात्तिपाइले विरुद्धको औषधि खाएर उद्घाटन

फागुन १५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा ७ वटै वडामा हात्तिपाइले विरुद्धको औषधि खाने अभियान कार्यक्रम सुरु भएको छ ।

बुधबार गाउँपालिकाको कार्यालयमा विहान ११ बजे गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले,उपाध्यक्ष राजमती इङ्नामले औषधि खाएर औषधि खाने कार्यक्रम उद्घाटन गरेका थिए ं।

प्रत्येक वडाकार्यालयमा केन्द्र स्थापना गरी वडाध्यक्षहरुले औषधि खाएका थिए । वडा नंं २,मा वडाध्यक्ष सुशिल बुढाथोकीले,वडा नं. ३ मा वडाध्यक्ष कृर्तीमान मादेनले,वडा नं. ४मा वडाध्यक्ष धनबहादुर राईले, वडा नं. ५ मा वडाध्यक्ष चरण गुरुङले, वडा नं. ६ मा वडाध्यक्ष खड्ग बस्नेतले र

वडा नंं ७ मा वडाध्यक्ष मोहन प्रसाद अधिकारीले औषधि केन्द्र उद्घाटन गरी औषधि खाएका कानेपोखरी गाउँपालिका स्वास्थ संयोजक बुद्धिनाथ बस्नेतले बताए ।

पहिलो दिन वडा नं. २ मा ६० जना,वडा नं. ४ मा ७ सय,वडा नं. ५ मा ३ सय ७०, वडा नंं ६मा ९० जना र वडा नंं ७ मा १५० जना गरी अन्य वडामा सहित जम्मा २ हजार जनाले औषधि खाएको कानेपोखरी गाउँपालिका स्वास्थ सहसंयोजक रोहिन्द्रराज भण्डारीले बताए ।

विहिबारदेखि प्रत्येक वडामा स्वास्थ्यकर्मी गएर औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *