पथरीशनिश्चरे नगरमा नेकपाकोे वडा कार्यदल गठन

फागुन १५ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टीले मोरङको पथरीशनिश्चरे –१ नम्वर वडामा कार्यदल गठन गरेको छ ।

बुधबार तत्कालिन एमाले र माओवादी केन्द्रतर्फबाट प्रतिनिधित्व गराउँदै भीमकुमार राईको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरी पार्टीको वडाका गतिविधिलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

कार्यदलको सचिवमा विष्णु खनाल तथा सदस्यमा भुमिनन्द ढकाल, विश्वनाथ अधिकारी, कुलमणि गुरुङ, विनिता देवान, जयमान लिम्बु, गोमा लुईटेल, युवराज चम्लागाई, धनराज राई र धनमाया गुरुङ रहन’ भएको संयोजक राईले जनाउनु भयो ।

पार्टीका केन्द्रीय सदस्य महेश रेग्मी, प्रदेश सदस्य एवम् सांसद र कुशल लिम्बुले पार्टीका बारेमा प्रशिक्षण समेत प्रदान गरेका थिए । उनले पार्टीलाई वडा र टोल तहदेखि नै एकीकृत र सक्रियरुपमा संगठित बनाएर लान निर्देशन समेत दिए ।

केन्द्रमा पार्टी एकिकरण भएपनि त्यसभन्दा तल्ला कमिटीमा कार्यदल समेत नबनेर नेतृत्व तथा जिम्मेवारीमा अन्यौलता भएको अवस्थामा मानप्रसाद लिम्बु,कुमार चाम्लिङ र विजय डाँगीलाई कार्यदल गठनका लागि जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *