एभरेष्ट स्कुलको शैक्षिक प्रदर्शनी, एक दर्जन स्कुलका विद्यार्थीले गरे अवलोकन

फागुन १२ गते,पथरीशनिश्चरे । पथरीशनिश्चरे–१, स्थति बजारमा स्थापीत एभरेष्ट माध्यामिक विद्यालयले एक दिने शैक्षिक प्रदर्शन गरेका छन् । शैक्षिक प्रदर्शनमा एक दर्जन नीजि विद्यालयहरुका विद्यार्थीहरुले त्यहाँ गएर अवलोकन गरेको छ ।

आइतबार वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शैक्षिक प्रदर्शनी गरेको हो । शैक्षिक प्रदर्शनीमा कक्षा १२ सम्मका बिद्यार्थीहरुले बिज्ञान र प्राविधिका विषयमा निर्मित विभिन्न सामाग्रीहरु १३ वटा स्टलमा राखेर शैक्षिक सामाग्रीहरु प्रदर्शन गरेको विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताए ।

विद्यालयका प्ले ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरुको एउटा स्टोल राखिएको र अरु कक्षा १ देखि १२ सम्मको छुट्टाछुट्टटै एक÷एक स्टल राखिएको छ । कक्षा १२ का विज्ञान संकायका विद्यार्थीहरुले थ्री डी, हिटर, एसी, होनोग्राम, वाटर सेन्सोर, बोड, वार्किङ, मोडल अफ हार्ट, क्रेन, लिफ्ट बनाएर प्रदर्शनी स्थलमा राखिएको थिए ।

कक्षा १२ का विद्यार्थीहरुले बनाएको स्टलमा अवलोकनकर्ताहरु आर्षित भएका थिए । भिबिन्न भेषभुषा, विभिन्न घरेलु समाग्री, कृतिम पहाड, रेल, फुल, गमला, गुडिया, पिङ, धरहरा, केबुलकार, करेसा बारीलगायत सामाग्री प्रर्दशनीमा राखिएको थियो । प्रदर्शनी अवलोकन गर्न आधा दर्जन शैक्षिक संस्थाका प्रनिनिधिहरु, विद्यार्थी, अभिभावक गरी ४ हजारभन्दा बढीले अवलोकन गरेको विद्यालयका संस्थापक निर्देशक रविन कन्दवाले बताए ।

विद्यालयले शनिबार अभिभावकहरुलाई छेलो, म्युजिकल चियर, डोरी तानाताने, हाडी फुटाइ, सियोमा धागो उन्ने लगायतको प्रतियोगिता गरी सकेको छ । विद्यालयले सोमबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब समापन गर्ने भएको छ । विद्यार्थीहरुले विभिन्न समुदायको, भेषभुषा, धर्म, संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने छन ।

गत बर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । बर्ष भरी विभिन्न खेलकुद प्रतियोगितामा सफल बिद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *