चौथो पथरीशनिश्चरे नगर वडास्तरीय फुटबल प्रतियोगिता हुर्दै

फागुन १२ गते, पथरीशनिश्चरे । चौथो पथरीशनिचरे नगर वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । वडा नं. –२, स्थीत बुद्ध युथ क्लबले आयोजनामा चौथो संस्करणको नगर वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुन लागेको हो ।

क्लबले शनिबार पथरी बजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो । नगर वडास्तरीय फुटबल फागुन १७ गते देखि फागुन २५ गते सम्म पञ्चायत माविको प्रागङ््गनमा हुने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा नगरको १० वडाको सवै टिमहरु सहभागि भएको आयोजकले पत्रकार सम्मेलनमा बताएका छन्् ।

प्रतियोगिताको विजेतालाई ५१ हजार रुपैया र उपविजेतालाई ३१ हजार रुपैया साथमा ट्रफी,मेडल र प्रमाण पत्र दिने खेल संयोजक विक्की राईले पत्रकार सम्मेलनमा बताए । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द सिरीज,उत्कृष्ट खेलाडी,वेस्ट गोलरक्षक,वेस्ट डिफेन्डर,वेस्ट खेलाडी,वेस्ट कोच र खेल अवधि भर उत्कृट गोल कर्ता लाई नगद सहित पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष मदन राईले बताए ।

प्रतियोगिताको खर्च आर्थिक संकलन,पथरीबाट बैदेशिक रोजगारको लागी विदेश रहेको नेपालीहरु र पथररीशनिश्चरे नगर भित्रका व्यापारी, नीजि विद्यालय लगाएतबाट जुटाउने आयोजक टिमले जनाएको छ । खेल सम्पन्न गर्न ६ लाख ५० हजार रकम खर्च हुने आयोजकले अनुमान गरेको छ ।

पथरीशनिचरे नगरपालीकालाई फुटबलको माध्यमबाट समाज तथा सहरको बिकास गरेर नगरलाई चिनाउने,स्थानीय खेलाडी युवाहरुको खेलकुदको विकास गर्ने उदेश्यले प्रत्येक बर्ष फुटबल प्रतियोगिताको आयोजना क्लबले गदै आएको छ । गत बर्ष तेस्रो वडा नगर कप प्रतियोगिताको विजेतालाई ४० हजार, उपविजेतालाई २० हजार रुपैया रहेको थियो ।

त्यसैगरी दोस्रो वडानगर कपको विजेतालाई ३० हजार रुपैया र उपविजेतालाई १५ हजार रुपैया पुरस्कार थियो । त्यसैगरी प्रथम नगर कपको पहिलो हुनेलाई १५ हजार र दोस्रो हुनेलाई ८ हजार रुपैया पुरस्कारबाट नगर कप सुरु गरेको खेल संयोजक विकी राई बताउँछन्् ।

गत बर्ष तेस्रो वडा नगर कपको उपाधि वडा नम्बर–१,ले चुमेको थियो भने उपविजेता वडा नं. २ भएका थिए । त्यसैगरी दोस्रो वडानगर कपको उपाधि वडा नम्बर २ ले उपाधि चुमेको थियो भने उपविजेता वडा नम्बर १ भएको थियो । त्यसैगरी प्रथम वडानगर स्तरीय फुटबल प्रतियोगिता उपाधि वडा नम्बर १ ले हात पारेको थियो भने उपविजेता वडा नम्बर ३ भएको थियो ।

नगर वडास्तरीय फुटबल प्रतियोगीतामा खर्च गरेर बचेको रकम सामाजीक काममा खर्च गर्दै आएको छ । यस पटक पनि बचेको रकमले सामाजिक काममा नै खर्च गर्ने क्बलका अध्यक्ष मदन राईले बताए । यसै क्रममा गत बर्ष माघ ५ गते पथरीशनिश्चरे ३ को सामाजीक आधारभूत विद्यालयको शिशु देखि कक्षा १ सम्मका विद्यार्थीहरुलाई ७७ जना विद्यार्थीहरुलाई २५ हजार बराबरको सुईटर र ३० फुटको म्याट प्रदान गरेको थियो ।

त्यसैगरी १६ हजार बराबर खर्चको अन्तर विद््यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको थियो । वडा नं. २ मा रहेको पञ्चायत माविका अपाङगता भएको २६ जना विद्यार्थीहरुलाई १२ हजार बराबरको शैक्षिक र भौतिक सामाग्रीहरु वितरण गरेको क्लबका सचिव राकेश रार्ईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *