खेलकुद कार्यक्रम २ सय २८ जना विद्यार्थीले पाए पुरस्कार

फागुन ११ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका–६, स्थापना भएको जेनिथ इङ्लिस स्कुलले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

विहिबारबाट सुरु भएको खेलकुद कार्यक्रम शनिबार एक समारोहका विच समापन भएको हो । समापन कार्यक्रममा विभिन्न खेलको विधामा २ सय २८ जना विद्यार्थीले पुरस्कार पाएका थिए । कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका वडा नंं ६,का वडाध्यक्ष खड्ग बहादुर बस्नेतले विभिन्न खेलमा प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई प्रमाण पत्र र मेडलले सम्मान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विशेषअतिथि कानेपोखरी गाउँपालिकका नीजि विद्यालयहरुको संगठन ‘प्याप्सोक’का सचिव विद्यानान्द चौधरी, सदस्य तथा सर्चलाईट इङ्लिस स्कुलका निर्देशक महेन्द्र बोहोराले पनि खेलमा प्रथम,द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरेका थिए ।

उक्त खेलमा विभिन्न तहमा विद्यालय विभाजन गरेका छन् । खेलमा नर्सरी देखि कक्षा दुई सम्मका विद्यार्थीहरुले स्पोन रेस, हिसाब दौड, १सय मिटर दौड, सियोधागो दौड, चक्लेट दौड लगाएतका १६ वटा खेलमा सहभागिता जनाएका थिए । यसैगरी कक्षा ३ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले चेस, भलिवल, फुटसल, हाइजम, लमजंङ, हाजिरिजवाफ प्रतियोगिता,छेलो र म्याराथोन गरी ८ वटा खेलमा विद्यार्थीले भाग लिएका थिए ।

जम्मा २४ वटा खेलमा जम्मा ३ सय १० जना विद्यार्थीहरु सहभागी भएको खेलमा २ सय २८ जना खेलमा प्रथम,द्धितिय र तृतीय भएका भाईस प्रिन्सिपल जयबहादुर राईले बताए । कार्यक्रममा प्रमुख अतिथि,विशेषअतिथि र अतिथिहरुलाई विद्यालयका संस्थापक निर्देशक दिनेस सुब्बाले मायाको चिनो विचरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रमको सभापतीत्व प्रिन्सिपल पुण्य प्रसाद कोइरालाले गरेका थिए । त्यसैगरी कार्यक्रम संचालन भाईस प्रिन्सिपल जयवहादुर राईले गरेका थिए ।

स्थापना कालमा १४५ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको विद्यालयले अहिले नर्सरी देखि कक्षा ९ सम्म पठनपाठन गरिरहेको छ । नर्सरी देखि कक्षा ९ सम्म ३६५ जना छात्राछात्र अध्ययनरत छन् । विद्यालयले गरिव,जेहेनदार तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आइरहेको विद्यालय संचालक प्रकास परियारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *