अन्नपुर्ण स्कुलको तीन दिने खेलकुद कार्यक्रम सम्पन्न

फागुन ११ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१,मा बजारमा स्थापीत अन्नपुर्ण बोर्डिङ स्कुलले वार्षिक कार्यक्रम अन्र्तगत ३ दिने खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।

फागुन ८ गते देखी सुरु भएको कार्यक्रम १० गते एक कार्यक्रम विच पुरस्कार वितरण गरेर समापन गरेको थियो । विद्यालयले आयोजना गरेको ३ दिने खेलकुद कार्यक्रममा विभिन्न खेलमा सहभागी विजयी भएका प्रथम,द्धितीय र तृतीय विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख दिलिप कुमार राईले पुरस्कार वितरण गरेका थिए ।

खलेमा अभिभावकहरुलाई म्युजिकल चेयर,छेलो र को छिटो खाने भन्ने तिन खेलमा प्रतियोगिता गरेका थिए । प्रतियोगितामा विजयी अभिभावकहरुलाई पनि पुरस्कार रुवरुप दैनिक जीवनमा प्रयोग हुने उपभोग्य सामाग्री वितरण गरिएको विद्याय सहायक निर्देशक खगेन पुलामी मगरले बताए ।

समापन कार्यक्रममा विद्यालयले गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने ६ जना छात्रछात्रालाई नगद ५ हजार सहित सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा दिवाकर मगर,सुरज चौधरी, सेसेहाङ लिम्बू, यावेग लिम्बू,यानिल मगर र संजिता सारुमगर रहेका छन् ।

त्यसैगरि विद्यालयले विद्यार्थीको शैक्षिक उन्नती र चौतर्फी विकासमा सहयोग पु¥याउन लागि पर्ने २ जना शिक्षक चन्द्र भण्डारी र टिका मगरलाई पनि सम्मान गरेको विद्यालयका प्रिन्सिपल दिनेश बरालले वताए । सम्मानित सवै विद्यार्थी र शिक्षकलाई समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राईले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *