जेनिथको वार्षिक खेलकुद कार्यक्रम सुरु,पहिलो दिन १६ खेलमा ७० जना छात्रछात्रा विजेता

फागुन ९ गते,कानेपोखरी । कानेपोखरी गाउँपालिका–६, रमाइलोमा रहेको जेनिथ इङ्लिस स्कुलले वार्षिक खेलकुद कार्यक्रम सुरु गरेको छ । खेलको पहिलो दिन १६ वटा खेलमा ७० जना भन्दा बढी छात्रछात्रा विजेता बनेका छन् ।

विहिबार औपचारीक रुपमा सुरु भएको खेलमा कक्षा ३ देखि ९ सम्मका ४० जना भन्दा बढी विद्यार्थीहरु खेलको प्रथम,द्धितीय र तृतीय भएर विजेता बनेका छन् । पहिलो दिन कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुले ६ वटा खेलमा भाग लिएर खेल सम्पन्न गरेको छ ।

अव कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुको लागी फुट्सल,म्याराथोन लगाएत चार खेल बाँकी रहेको विद्यालयको खेल संयोजक जयबहादुर राईले बताए । कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ९ सम्म गरेर दुई भागमा विभाजन गरेर खेल खेलाईएको छ ।

त्यसैगरी नर्सरी देखि कक्षा २ सम्मका जुनियर विद्यार्थीहरुले पनि पहिलो दिन १६ वटा खेल मध्ये १२ वटा खेल सम्पन्न गरेको छ । जुनियर विद्यार्थीहरु पनि १० वटा खेलमा ३० जना भन्दा बढी विजेता बनेको जुनियर खेल संयोजक सुशिला तामाङले बताइन् ।

पहिलो दिन भएको खेलमा चेस प्रतियोगितामा कक्षा ७ को अनिस श्रेष्ठ विजेता बनेका छन् । त्यसैगरी छेलो हान्ने खेलमा कक्षा ३ बाट सनम तामाङ विजेता बनेका छन् । कक्षा ४ बाट छात्र तर्फ गौरभ चौधरी,कक्षा ५ बाट सन्देश श्रेष्ठ विजेता बनेका छनु् । त्यसैगरी कक्षा ६ देखि ९ सम्मको प्रतियोगीलाई पछि पार्दै समिर खत्री र आशा माझी विजेता बनेका छन् ।

त्यसैगरी हाइथजम्पमा कक्षा ५ बाट छात्र तर्फ सन्देश श्रेष्ठ,कक्षा ४ बाट भौरभ चौधरी र कौशिला तामाङ विजेता बनेका छन् । त्यसैगरी ५सय मिटर दौडमा कक्षा ३ बाट छात्रा तर्फ मल्लीका अधिकारी,एन्जीला तामाङ,सुस्मिता तामाङ क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् ।

त्यसैगरी कक्षा ३ बाटै पुरुष तर्फ रोहन कार्की,पर्वत विष्ट र सुदिप तामाङ क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् । कक्षा ४ बाट छात्रा तर्फ मन्दिरा कटुवाल,पुजा दाहाल र कौशिला तामाङ क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् । कक्षा ४ बाटै छात्र तर्फ समरि दाहाल,युसल लिम्बू र निरज नेपाल क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् ।

त्यसैगरी कक्षा ५ बाट छात्रा तर्फ सुस्मिता खड्का, साइना राई,नविना फुयल क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् । कक्षा ५ कै छात्र तर्फ उत्सव अधिकारी,सन्देश श्रेष्ठ र सुदिप दाहाल क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् ।

त्यसैगरी ५सय मिटर दौडमा कक्षा ६ देखि ९ सम्मका छात्रा तर्फ अनुशा बस्नेत,निकिता गुरुङ र प्रतिक्षा तामाङ क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् । त्यसैगरी छात्र तर्फ हेमराज वि.क,निशान वि.क र सन्जय परियार क्रमश प्रथम,द्धितीय र तृतीय भएका छन् । त्यसैगरी भलिबल तर्फ छात्र तर्फ येल्लो हाउस विजेता टिम बनेका छन् । छात्रा तर्फ बी टोली विजेता बनेका छन् ।

स्थापना दिवशको अवसर पारेर पहिलो चरणको फागुन ९ गते देखि बार्षिक खेलकुद कार्यक्रमहरु सुरुहुने र ९, १० र ११ गते समापन हुने विद्यालयले जनाएको छ । खेलकुदको कार्यक्रमलाई ११ गते शनिबार समापन गरि कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुनेलाई प्रमाण पत्र ,मेडल र ट्रफी वडा नम्बर ६ का अध्यक्ष खडगबहादुर बस्नेतबाट प्रदान गरिने प्रिन्सिपल पुण्य प्रसाद कोइरालाले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *