रमाइलोमा जग्गा समस्याको समाधान गर्न समिति गठन

फागुन ४ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६, स्थीत रमाइलोमा स्थापना भएको रमाइलो युवा परिवारले ‘कानेपोखरी सरोकार’ विचारको अधिकार …. नामक श्रृङखला कार्यक्रम सुरु गरेको छ ।

शनिबार गाउँपालिकाको प्राङ्गणमा भएको विचार गोष्ठी कार्यक्रम पछि कानेपोखरी वडा नं. ६, साविक बयरवन ८, ‘ग’ नक्शामा देखिएको समस्य सामाधानका गर्नका लागी पहल समिति गठन भएको छ ।

नवगठित समितिको संयोजकमा दानबहादुर बस्नेत र सदस्यसचिवमा युवराज दवाडी रहेका छन् । त्यसैगरी सदस्यहरुमा भानु फुयाल,सुशिला श्रेष्ठ,किशोर कटुवाल,अशोक फुयाल,विजय पराजुली सर्वसहमतिले चयन भएका हुन ।

रमाइलो युवा परिवारका अध्यक्ष नविन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नाम,नापी कार्यलयबाट नापी अधिकृत हरेराम यादव,वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई, वडासदस्य सुशिला श्रेष्ठ, जनएकता साकोसका अध्यक्ष भोला अधिकारी,लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष कुमार फुयल लगाएत कार्यक्रमका अतिथि रहेका थिए ।

त्यसैगरी अन्य अतिथिहरुमा कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल,लक्ष्मिनारायण मन्दिरका सचिव डम्बरु खरेल,युवा नेता विवेक लिम्बू लगाएतको उपस्थीतमा समिति गठन भएको हो । कार्यक्रम संचालन क्बलका सचिव एविन पाठकले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *