काठ्माडौको महिला पथरी जंगलमा मृत अवस्थामा फेला

फागुन ३ गते,पथरीशनिश्चरे । काठ्माडैं गंगबो बस्दै आएकी ५२ बर्षिय सावित्रा खतिवडा मोरङको पथरीशनिश्चरे –१०को जंगलमा मृत अवस्थामा शव फेला परेकी छिन् ।

शुक्रबार दिउँसो १ बजे जिरखिम्तीका स्थानीय महिलाहरुले सुकेको सालको पात टिप्ने क्रममा खतिवडाको शव ओराडमा लुकाएको अवस्थामा भेटेका थिए । घटना स्थलमा स्पोट सुज लगाएको,कुर्थासुरुवाल लगाएको,रातो बर्कोले जिउँदेखि मुख छोपिएको र छेउमा महिलाले बोक्ने ब्याग राखिएको थियो ।

शव देखे पछि त्रसित भएका महिलाहरुले इलाका प्रहरी कार्यालय पथरीलाई खबर गरेका थिए । खबर पाउँन साथ प्रहरी घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताए ।

हाल काठमाडौँ बस्र्दै आएकी खतिवडाले घरबाट माघ २९ गते लुगा सिलाउँछु भनेर निस्केकी थिइन् । मोबाइल घरमै छोडेर निस्केकी उनि जंगलमा मृत फेला परेको हो । यस अघि पहिला झापाको मेचीनगर धुलाबारीमा बस्दै आएका थिए ।

घटना स्थल पथरीबजार देखि ३ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्ग देखि ७ सय मिटर उत्तर जंगलमा रहेको छ । जंगलभित्र मोरङ्गी सानो खोलाको डिलबाट पानीले धरधरे लागेर १० मिटर भित्र खनेको खाल्टोमा महिलाको शव लुकाएर राखिएको अवस्थामा भेटिएको थियो ।

शव अघिल्लो दिनको भएको प्रहरीले बताएका छन् । घटना स्थलबाट प्रहरीले महिलाले बोक्ने ब्याग भेटेका थिए । ब्याग भित्र दुईजोर महिलाले लगाउने लुगा, र ३५ सय रुपैया र बसको टिकट भेटेका थिए ।

टिकटमा पवित्रा भनेर लेखिएको काठ्माडौँ ठेगाना भएको छ । शरिरमा चोटपटक नभएको र मुखमा फिज रहेकोले बिषादी पोइजन खाएको हुन सक्ने र पोष्टमाटमको रिपोटमा सबै खुल्ने इस्पेक्टर कमल बंजाईले बताए । पोष्टमाटमको लागी मंगलबारे हस्पिटल लगिएको प्रहरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *