पथरीमा नगरप्रमुखद्रारा सिक्का बार उद्घाटन

फागुन २ गते, पथरीशनिश्चरे । प्रणय दिवसको अवसर पारेर मोरङको पथरीशनिश्चरे–१, स्थीत पथरी बजारमा ६५ लाखको लगानीमा सुविधा सम्पन्न सिक्का लज एण्ड बार उद्घाटन भएको छ ।

बिहिबार पथरीशनिश्चरे नगरप्रमुख दिलिपकुमार राईले एक कार्यक्रममा उद्घाटन गरेको हो । पथरीशनिश्चरे नगरका सात जना युवा ब्यावसायीहरु सञ्जीव गिरी, धीरेन सुब्बा, मिलेन श्रेष्ठ, पूजन गजमेर, नैना राई, सुजन श्रेष्ठ र विशु राई मिली बारमा संचालनमा ल्याएको बताएका छन् ।

सांगितिक वातावरणमा परिवार मैत्री सेवा दिने गरी सञ्चालनमा ल्याउन लागेको वारमा एक पटकमा ७० जना ग्राहक बस्न सक्ने सञ्चालक सञ्जीव गिरीले बताए । गिरीका अनुसार वारसँगै २५ जना अट्ने सभाहल र ५० जना अट्ने वर्थ डे हल पनि रहेका जनाए ।

पथरी र अन्य छिमेकी पालिकाका आसपासका खानाका सौखिनहरुलाई नगर बाहिर गएर रमाइलो गर्नु पर्ने बाध्यताको अन्त्य गर्दै पथरीमै पारिवारिक बातावरणमा बसाउने उदेश्यका साथ बार संचालनमा ल्याएको संचालक धिरेन सुब्बाको भनाई छ ।

प्रत्येक शुक्रवार, शनिवार र आइतबार बिशेष सांगीतिक प्रस्तुती सहित सिक्का स्पेसल परिकार सो बारको आकर्षक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *