कानेपोखरीमा न्याने अभियानको आयव्यय सार्वजानीक

फागुन १ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाका युवाहरुले संचालनमा ल्याएको न्यानो अभियानको आयव्यय सार्वजानीक गरेको छ । बुधबार रमाइलो बजारमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानको यस बर्षमा गरेको कामको आयव्यय सार्वजानीक गरेको हो ।

मंसिरबाट स्थानीय युवाहरुको सक्रियतामा सुरु गरिएको न्यानो अभियानमा १ लाख ५० हजार ४ सय रुपैया संकलन भएको थियो । स्थानीय समाजसेवी र बैदेशीक रोजगारका लागी कोरिया,कतार रहेका नेपालीहरुबाट सो बराबरको रकम संकलन गरिएको न्यानो अभियानका कार्यक्रम संयोजक विवेक लिम्बूले बताए ।

संकलित रकमले गाउँपालिकाको ६ वटा वडामा ५सय ५० रुपैयाको प्रतिगोटाले ३ केजीको २ सय ५० वटा न्यानो सिरक १लाख ३७ हजार ५ सय रुपैयाको खरिद गरी वितरण गरेका थिए । अभियानले विभिन्न समयमा वडा नं. २ मा ५० वटा,वडा नं. ३ मा १सय वटा,वडा नं.४मा २५ वटा,वडा नं. ५ मा २५ वटा,वडा नं. ६ मा ४० वटा र वडा नं. ७ मा १० वटा कमल बितरण गरेका थिए ।

गाउँपालिकाका सवै वडामा अति विपन्न,गरिवहरुको पहिचान गरी एक घरपरिवारलाई एक सिरक वितरण गरिएको र यस्ता कार्यक्रम आगामी बर्षमा निरन्तर गरिने कार्यक्रम संयोजक विवेक लिम्बूले बताए ।

स्थानीय युवा व्यवसायी डिल्ली फुयलको अध्यक्षतामा रकम संकलन समिति संचालन गरी रकम संकलन सुरु गरेको थियो । न्यानो अभियानलाई डिल्ली सिटौला,दिपक तिम्सिना,सन्तोष फुलय लगाएतले साथ दिएका थिए । डिल्ली फुयल २५ हजार,डिल्ली सिटौला १० हजार,शिव पन्थी १० हजार,दिपक तिम्सीना १० हजार,सन्तोष फुयाल १०हजार न्यानो अभियानमा जम्मा गरेका थिए ।

त्यसैगरी दिपक पराजुली ५ हजार,सुनिल पराजुली ५ हजार,गोपी सेर्मा ५ हजार, राजेनद्र रेग्मी ३ हजार, सरोज योङहाङ ५ हजार,मनोज थापा १०हजार १सय ५०, विमल लिम्बू ५ हजार,लेखनाथ श्रेष्ठ १०हजार,दिपक राई ५हजार १सय,सरन योङहाङ ५हजार, खगेन्द्र बराईली ३हजार,मातृका कोइराला ३१ सय, चन्द्र पौडेल ५१ सय, गोपाल कोइराला ३१ सय रुपैया न्यानो अभियानलाई सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *