वडा स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ ले हात पारे

माघ २९ गते, पथरी । पथरीशनिश्चरे नगरपालिकामा नगर खेलकुद विकास समितीको आयोजना भएको वडा स्तरीय क्रीकेट प्रतियोगिताको उपाधी वडा नम्बर १ ले चुमेको छ ।

मंगलबार वडा नम्बर १ र वडा नम्बर ७ बिच भएको फाइनल खेलमा ९३ रनको फराकिलो अन्तरले वडा नम्बर १ बिजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको १ नम्बर वडाले निर्धारित २० ओभरको समाप्ती सँगै ८ विकेटको क्षतीमा १८६ रन जोडेको थियो ।

१८६ रन जोड्ने क्रममा एम एस राईले उत्कृष्ट ब्याटिङ प्रस्तुत गर्दै अविजित अर्धसतक बनाएका थिए । एन्जल राईले ४२ तथा दिपेश श्रेष्ठले ३८ रनको योगदान गरे । टस हारेर फिल्डिङको निम्तो पाएको वडा नम्बर ७ का उबल राई, सुचन गुरुङ्ग र दिवश पुरीले समान २–२ विकेट लिए भने बिजय मगरले १ विकेट लिएका थिए ।

१८७ रनको बिजयी लक्ष्यको साथ ब्याटिङका लागि मैदान उत्रिएको वडा नम्बर ७ का रोहन लिम्बू, पुकार राई र बिजय मगरले बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन ।
वडा नम्बर ७ लाई सस्तैमा समेट्ने क्रममा एम एस राईले सर्वा्धिक ३ विकेट लिए भने दिपेश श्रेष्ठ , रावन राई र सागर कटवालले समान २–२ विकेट लिदा बोधराज बस्नेतले १ विकेट लिएका छन ।

माघ २५ गते बाट शुरु भएको प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान उपबिजेता टोलिका बिजय मगर घोषित भए भने उत्कृष्ट बलर वडा नम्बर १, का एम एस राई भए । उत्कृष्ट फिल्डर वडा नम्बर १ का राकेश राई घोषित भए भने उदयमान खेलाडी १ नम्बर वडाका सागर कटवाल बनेका छन । त्यसैगरि वडा नम्बर १ का राजु राई म्यान अफ द सिरिज बने । खेलको म्यान अफ द म्याच वडा नम्बर १ का एम एस राई घोषित भए ।

प्रतियोगिताको बिजेता टोलिले नगर ३० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेताले १५ हजार रुपैयाँ पाएका छन् । नगर खेलकुद विकास समितीको आयोजनामा सम्पन्न प्रतियोगीतामा नगरका १० वडाको सहभागीता रहको थियो । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *