जेनिथमा भव्यताकासाथ सरस्वती पूजा मनाए(फोटो फिचर)

माघ २७ गते,कानेपोखरी । कानेपोखरी गाउँपालिका –६, रमाइलोमा स्थापीत जेनिथ इङ्लिस स्कुलले विविध कार्यक्रमको आयोजना गरी सरस्वती पूजा मनाएका छन् ।

आइतबार विद्यालयमा विहान ७ बजेदेखि ११ बजे सम्म सरस्वतीको आरधना भएको थियो । विद्यार्थी, अभिभावक र शिक्षिकहरुले संयुक्तरुप फुलपातीसँग पूजा गरेका थिए ।

शिक्षा आरम्भका लागि समेत आजको दिनलाइ बिशेष महत्वका साथ हेर्ने गरिन्छ । आजैको दिनबाट शिशीर ऋतुको समाप्ति र वसन्त ऋृतुको सुरुवात हुने गर्द छ । सरस्वतीको पूजा अराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ । आजैकै दिन विद्यालयमा शिक्षा आरम्भका लागि विद्यार्थी धेरै आएर नाम लेखाएका छन् ।

विद्यालयको प्रिन्सिपल पुण्य प्रसाद कोइराला र भाइस प्रिन्सिपल जय बहादुर राई, विद्यालय निर्देशक दिनेश सुब्बा, विद्यालय संचालक प्रकास परियार र खगेन्द्र थेबे लगाएत शिक्षकहरु उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

स्थानीय गुरु बुद्धिनाथ लम्सालले सरस्वतीको पूजाको पाठ यसरी सुरु गरेका थिए ।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता । या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता । सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

पूजा पछि प्रसाद ग्रहण गर्दै विद्यार्थी अभिभावक र शिक्षक नृत्यमा रमाएका थिए । नृत्य शिक्षक मनोज माझीद्रारा निर्देशित समूह नृत्य गरेर मनोरञ्जन दिएका थिए ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *