चिनारी बोर्डिङ स्कुलको वार्षिक उत्सव सम्पन्न

माघ २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२, मा स्थापीत चिनारी अंग्रेजी बोर्डिङ स्कुलले ९ आँै वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।


शुक्रवार विद्यालयमा विविध कार्यक्रमको आयोजना गरी उत्सव समपन्न गरेको हो । कार्यक्रममा विद्यालयले विभिन्न प्रकारका खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।


विद्यार्थीको चौतर्फी विकाश गराउने नयाँ शैक्षिक नीतिको पालना गर्दै विद्यालयले कक्षा नर्सरी देखी कक्षा ८ सम्मका विद्यार्थीहरुलाई वेलुन रेस, युकेजीका छात्रालाई भित्र वाहिर,कक्षा युकेजीकै छात्रलाई चकलेट रेस,कक्षा १ का छात्रा तर्फ भित्र वाहिर र भ्यागुते जम्प (फ्रग जम्प) साथै कक्षा १ कै छात्र तर्फ भ्यागुते जम्प(फ्रग जम्प) गराईएको थियो ।


कक्षा २ को छात्र÷छात्रा तर्फ चम्चा दौड,विष्कुट दौड र कक्षा ३ को छात्र÷छात्रा दुवै तर्फ तातो आलु प्रतियोगिता गराईएको थियो । त्यस्तै गरि कक्षा ४ मा छात्र÷छात्रा दुवै तर्फ भ्यागुते जम्प (फ्रग जम्प) र रनिङ रेस प्रतियोगिता गराइएको थियो ।


विजेता सवै कक्षाका पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति सोम नेपालले ट्रफि र मेडलले विद्यार्थीहरुलाई सम्ममान गरेका थिए ।
त्यसैगरी अभिभावक हरुलाई पनि महिला तर्फ म्युजिकल चेयर,हन्डि फुटाई र तातो आलु, भित्र वाहिर खेलाईएको थियो । भने पुरुष तर्फ तातो आलु, हन्डि फुटाई र भित्र वाहिर खेलाईएको थियो विजेता सवै अभिभावकलाई कासको वोटुकाले विद्यालयका संंचालक विरेन साम्वाले सम्मान गरेका थिए ।


विद्यालयले यसका अलावा फु्टवल,वक्तृत्वकला,नृत्य,कविता वाचन लगाएतका कार्यक्रमहरु समावेस गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एन प्यावसन प्रदेश नम्वर १ का अध्यक्ष जय वहादुर श्रेष्ठ, विशिष्ठ अथितिमा विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरु र स्थानिय अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *