मुख्य मन्त्रिद्रारा जैविक मल उद्योग उद्घाटन हुर्दै

माघ २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे–२, मा रहेको उचित जैविक मल उद्योग सोमबार मुख्य मन्त्रि सेरधन राईले उद्घाटन गर्ने भएको छ ।

एकबर्ष अघि प्रगति टोलमा स्थापना भएको ‘उचित जैविक उद्योग प्रालि’ को एक कार्यक्रमका बीच १ नम्वर प्रदेशका मुख्यमन्त्री राईले उद्घाटन् गर्ने भएको हो ।

नगरका लागि मात्र नभएर १ नम्वर प्रदेशका कृर्षकहरुलाई प्रोत्साहित गर्ने काम थालेको उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुँदैछ । जहाँ १० वटा संस्थाको सहकार्यमा उद्योग स्थापना गरेर वढ्दो रासायनिक मल र विषादी हटाउने अभियान अघि बढेको हो ।

सोही वडाको उत्साहि साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ ।

जसमा उत्साहीले सवैभन्दा बढी २१ लाख लगानी गरेको छ । कृषक समूहले १,१ लाख र कृषि सहकारी संस्थाले न्यूनतम् ५ लाख रुपैयाँका दरले त्यहाँ लगानी भएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले वताए ।

१ विगाहा जग्गा वार्षिक २५ हजारमा १५ वर्षे लिजमा लिएर १ वर्षअघिबाट उद्योग निर्माण थालिएको थियो । प्रतिघण्टा १ टन मल उत्पादनको क्षमता रहेको उद्योगका सञ्चालकहरुले बताएका छन् । पहिलो वर्ष दैनिक ७ टन उत्पादनको लक्ष्य सुनाए । यो वर्ष २ करोडको कारोबार गर्ने र अर्को वर्ष दोब्बर बढाउने उद्योगको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *