क्रिकेट टिमलाई क्रिकेट सामग्री प्रदान

माघ २७ गते पथरी । मोरङको पथरीशनिश्चरे–१० नम्बर वडाकार्यालयले वडाको क्रिकेट खेलाडीलाई १५ हजार रुपैयाँको क्रिकेट सामग्री र जर्सी प्रदान गरेको छ ।

पञ्चायत माविको खेल मैदानमा जारी क्रिकेट खेल प्रतियोगितामा वडा नम्वर १० बाट प्रतिनिधित्व गर्ने क्रिकेट टिमलाई वडाले क्रिकेट सामग्री र जर्सी प्रदान भएको हो ।

वडा सदस्य अनोज घिमिरेले वडा क्रिकेट टिम क्याप्टेन रेवत थाक्सु लिम्बुलाई ती सामग्री हस्तान्तरण गरेका थिए । यसअघि वडा नम्वर २, ७ लगायतले पनि आफ्ना वडाको क्रिकेट टिमलाई जर्सी सहित क्रिकेटका सामग्री वितरण गरेको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा नगरमा प्रथम अन्तर वडा क्रिकेट प्रतियोगिता भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *