किन आएनन् राष्ट्रपति विद्यालयको कार्यक्रममा?

माघ २६ गते, रमाइलो । मोरङको दुई सामुदायिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेबी भण्डारी शुक्रबार आउँने तालिका तय भएपनि आउने कार्यक्रम रद्द भएको थियो ।

खराब मौसमको कारण राष्ट्रपति भण्डारी मोरङ आउँने कार्यक्रम रद्द भएको हो । राष्ट्रपति भण्डारी शुक्रबार कानेपोखरी –६, को जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी भई उर्लाबारीको राधिमा माध्यामिक विद्यालयमा स्वर्ण महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

राष्ट्रपति भण्डारी जनसेवा माध्यामिक विद्यालयमा स्वर्ण स्मारक अनावरण, विद्यालयको भवन उद्घाटन,विद्यालयको शैक्षिक उन्नयमा योगदान पु¥याउनेहरुलाई सम्मान तथा विशेष व्यक्तित्वहरुलाई अभिनन्दन गरिने कार्यक्रम रहेको थियो । कानेपोखरीमा नेपाली सेनाले मैदानमा हेलिकेप्टर बस्ने स्थानमा कुकुर द्रारा सुरक्षा जाँच गरी बस्ने ठाउँ समेत रेखा लगाई सकेका थिए ।

काठ्माडौँमा पानी परेर मौसम खराब भएपछि राष्ट्रपतिको हेलिकेप्टर उडान हुँन नसके पछि दुई कार्यक्रममा सहभागी हुन नसकेको पूर्व महान्याधिवक्ता हरि फुयलले बताए । राष्ट्रपति नआउने बारे खबर आएपछि विद्यालयमा कार्यक्रमको सेडुल नै चेन्ज भएको थियो । कार्यक्रममा राष्ट्रपति मात्र होइनन् उपसभामुख डा. शिवमाया तुमाहाङफे, कानुन मन्त्रि भानुभक्त ढकाल र पर्यटन मन्त्रि रविन्द्र अधिकारी समेत आउँन पाएनन ।

राष्ट्रपति नआउने भएपछि कानेपोखरी ६, स्थीत जवनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको प्रमुख अतिथि प्रदेश एकका मुख्यमन्त्री शेरधन राई भएका थिए । त्यसैगरी उर्लाबारीको राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन भने प्रदेश १ का प्रमुख डा. गोबिन्द सुब्बाले थिए ।

राष्ट्रिपति नआएपछि जनसेवा माविमा प्रमुख अतिथि मुख्य मन्त्रि राईको हातबाट स्वर्ण स्मारक अनावरण, विद्यालयको भवन उद्घाटन,विद्यालयको शैक्षिक योगदान पु¥याउनेहरुलाई सम्मान तथा विशेष व्यक्तित्वहरुलाई अभिनन्दन, पूर्व विद्यार्थीहरु,पूर्व शिक्षक, पूर्व प्रधानाध्यापक,पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष लगाएत तीन सय भन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *