नेपाल आईडलका सिजन २ का ४ बिजेता प्रतिस्पर्धीको साथमा दुवईमा सांगितीक कार्यक्रम ‘गोर्खाली नाईट- २०१९’ हुने

नेपाल आईडलका सिजन २ क चार बिजेताको साथमा दुवईमा सांगितीक कार्यक्रम ‘गोर्खाली नाईट- २०१९’  हुने भएको छ ।

नेपाल आईडल रवि ओड, फष्ट रनरअप बिक्रम बराल, सेकेण्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारीको साथमा युएईको दुवईमा आउँदो मार्च ८ तारिकका दिन ‘गोर्खाली नाईट’ हुने भएको हो ।

बिषेश अतिथी कलाकारका रुपमा पछिल्लो समयको चर्चित गीत सालको पात टपरीका गायक कुलेन्द्र बिक रहेको यस कार्यक्रममा १५९ थरीका आवाज प्रस्तुत गरेर गीनिज बुकमा विश्व रेकर्ड कायम गरेका रमेश दुलाल ‘कागे’को पनि प्रस्तुती रहेको छ ।

डिजे Faray को साथमा दुवईको Grand Excelsior Hotel मा आयोजना हुने यस कार्यक्रममा एलिना रायमाझी र नम्रता लामाको आकर्षक नृत्य रहने छ ।

मनोज गोर्खाली र मदन अधिकारीको प्रस्तुती रहेको यस गोर्खाली नाईट २०१९को सम्पुर्ण कार्यक्रम संचालनको जिम्मा सुवास शर्मा र विवेक खतिवडाले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *